२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूचना माग गर्ने शिक्षकलाई सेवाबाट हटाइयो, पुनर्बहाली गरी सूचना दिन महासङ्घको माग



अ+ अ-

काठमाडौँ। सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले आफू अध्यापनरत विद्यालयमा सूचना माग गरेकै कारण सेवाबाट अवकाश दिएको घटनाप्रति आपत्ति जनाउँदै ती शिक्षकलाई पुनर्बहाली गराउन माग गरेको छ ।

भोजपुर नगरपालिका वडा नं.–११ आम्तेक, भोजपुरका स्थानीयवासी एवं भोजपुर नगरपालिका वडा नं.–९ मा रहेको युनिक एण्ड युनाइटेड पब्लिक एकाडेमीका शिक्षक ईश्वरीप्रसाद ढकालले आफू अध्यापनरत विद्यालयमा सूचना माग गरेकै कारण जागीरबाट निकालेको घटनाप्रति महासङ्घको आपत्ति जनाएको हो ।

महासङ्घका अध्यक्ष उमीद बागचन्द र महासचिव पूर्णप्रसाद मिश्रले आज जारी गर्नुभएको विज्ञप्तिमा विद्यालयजस्तो सरस्वतीको मन्दिरमा राज्यले बनाएको कानुनको अधीनमा रही नागरिकका नाताले सूचना माग गर्दा जागीरबाट निकालिनुपर्ने घटनाले विद्यालय सञ्चालकको चेतनास्तरमाथि नै प्रश्न गरेको उल्लेख छ ।

सूचनाको हक सम्बन्धी ऐन, २०६४ र नियमावली, २०६५ ले गरेको व्यवस्था अनुसार प्रक्रिया पु¥याएर सूचना माग गरेका ढकाललाई विद्यालयका सूचना अधिकारी र कार्यालय प्रमुखले सूचना दिएनन् । सूचना नदिएपछि ढकालले राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरी आयोगले पनि सूचना दिन आदेश गरिसकेको अवस्थामा सूचना मागकर्तालाई सेवाबाट हटाउनु नेपालको कानुनविपरीत रहेकाले तत्काल पुनर्बहालीका लागि महासङ्घले जोडदार माग गरेको हो ।

ढकाललाई विद्यालयले निकालेको मिति २०८१ फागुन १ गतेकै मितिदेखि लागु हुने गरी पुनर्बहाली गरी निजले माग गरेको सूचना आयोगकै आदेशबमोजिम दिनुपर्ने महासङ्घको भनाइ छ । ढकाललाई पुनर्बहाली गरी सूचना नदिएमा महासङ्घ कडाभन्दा कडा कदम चाल्न बाध्य हुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।




भर्खरै