२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स ट्रफीमा आज भारत र पाकिस्तान भिड्दै, यस्तो छ हेड-टु-हेड



अ+ अ-

एजेन्सी । आइसीसी च्याम्पियन्स ट्रफी २०२५ मा आज (आइतबार) लामो समयदेखिका प्रतिस्पर्धी भारत र पाकिस्तान भिड्ने भएका छन् ।

दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुन लागेको यो खेल नेपाली समयअनुसार दिउँसोको २ः४५ बजेबाट सुरु हुनेछ ।

प्रतियोगितामा आज दुवै टोली आफ्नो दोस्रो खेल खेल्दैछन् । पहिलो खेलमा भारतले बंगलादेशलाई हराएको थियो भने पाकिस्तान न्युजिल्यान्डसँग पराजित भएको थियो । पाकिस्तान आज हारेको खण्डमा नकआउट चरणबाटै बाहिरिने छ ।

पछिल्लो पटक २०१७ को च्याम्पियन्स ट्रफीमा भारत र पाकिस्तानका टोली दुई पटक आमनेसामने भएका थिए । समूह चरणमा भारत विजयी भएको थियो भने फाइनलमा पाकिस्तानले भारतलाई १८० रनले पराजित गरेको थियो ।

च्याम्पियन्स ट्रफीमा पाकिस्तान अगाडि

भारत र पाकिस्तानबीच अहिलेसम्म १३५ ओडीआई खेलिएको छ । पाकिस्तानले ७३ खेल जितेको छ भने भारतले ५७ खेल जितेको छ । ५ खेलमा नतिजा आएको छैन ।

दुवै टोली च्याम्पियन्स ट्रफीमा ५ पटक आमनेसामने भएका छन् । जसमा पाकिस्तानले ३ पटक र भारत २ पटक जितेको छ ।

दुबै टोलीको सम्भावित प्लेइङः ११

भारतः रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकीपर), हार्दिक पाण्डेय, अक्षर पटेल, रवीन्द्र जडेजा, कुलदीप यादव, मोहम्मद शामी र हर्षित राना।

पाकिस्तानः मोहम्मद रिजवान (कप्तान र विकेटकीपर), इमाम उल हक, साउद शकील, बाबर आजम, सलमान आगा, कामरान गुलामरतैयब ताहिर, खुशदिल शाह, नसीम शाह, शाहीन शाह अफ्रिदी, हरिस रउफ र अबरार अहमद।