२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतन्त्रमा राज्य बलियो बनाउन बलिया पार्टी आवश्यक : महासचिव पोखरेल



अ+ अ-

काठमाडौं। सत्तारुढ नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले पार्टीलाई बलियो बनाउनका लागि ‘जरा केन्द्रित अभियान’ सञ्चालन गरेको बताएका छन् ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज भएको नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन (नेपोन) बागमती प्रदेश कमिटी दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले जरा केन्द्रित अभियानको मिसन २०८४ सालमा हुने निर्वाचनमा एमालेलाई निर्णायक शक्तिका रुपमा स्थापित गर्ने रहेको बताए ।

मुलुक बनाउनका लागि बलियो राजनीतिक दल आवश्यक रहेको उल्लेख गर्दै महासचिव पोखरेलले एमाले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न सक्ने क्षमता बोकेको पार्टी भएको बताए । उनले निर्णायक शक्ति निर्माण गर्ने यात्रामा भूपु सैनिक तथा प्रहरी संगठनको योगदान रहने बताए । नेपालमा रहेको जनशक्तिलाई सीप, ज्ञान र क्षमता प्रदान गरेर परिचालन गर्न अहिलेको आवश्यकता रहेको महासचिव पोखरेलको भनाइ थियो । उनले बलिया राजनीतिक दल निर्माण गरेर राज्यलाई बलियो बनाउनु पर्ने बताए ।

‘जबसम्म पार्टी बलियो हुँदैन जनता बलिया हुँदैनन् । पार्टी बलियो नभई राज्य बलियो हुँदैन । त्यसैले लोकतन्त्रमा राज्य बलियो बनाउन बलिया पार्टी आवश्यक हुन्छन्’, महासचिव पोखरेलले भने । उनले नागरिकलाई पुँजी निर्माणतर्फ अग्रसर गराउनु पर्ने बताए । संगठनका अध्यक्ष विनोद पाण्डेले मुलुकमा देखिएको अस्थिरता एमाले र नेपाली कांग्रेस मिलेर चिर्ने काम गरिरहेको बताए । सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।