२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना खोपको तत्काल परीक्षण नेपालमा नगरिने



अ+ अ-

काठमाडौँ। नेपालमा तत्कालका लागि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको सामूहिक परीक्षणको सम्भावना टरेको छ । विज्ञसहित बृहत् छलफल र त्यसबाट आएको सुझावका आधारमा सामूहिक खोप परीक्षणमा नेपालको सहभागिता तत्काल पछि सारिएको हो । खोपको विश्वसनीयताका विषयमा थप अध्ययन अनुसन्धान भने जारी रहनेछ । विश्वका हुने विभिन्न विषय र क्षेत्रमा राजनीतिक, आर्थिक, सामरिक लगायत विषय पनि जोडिने भएकाले तिनको विषयवस्तुुमा ध्यान दिँदै त्यस्ता गलत गतिविधिबाट नेपाल जोगिन सामूहिक खोप परीक्षणको सम्भावना पर सार्ने निर्णय गरिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनले सामूहिक परीक्षण नेपालमा गर्दैमा पनि सफल हुन्छ भन्ने छैन । थप विस्तृत अध्ययन, विश्लेषणपछि मात्र खोप परीक्षण हुनसक्छ भन्नेमा विज्ञको एकमत रह्यो भने। मानवमा हुने सामूहिक परीक्षण बाहेक क्लिनिकल तथा ल्याब परीक्षण गर्न नेपालले आफ्नो ढोका तत्काल खुला राखेको छ । त्यसका लागि परिषद्ले सहकार्य गरेर जाने मोडलमा कुनै पनि कम्पनी, देश वा व्यक्तिले गरेका प्रारम्भिक चरणका अनुसन्धानमा सहभागिता जनाउने थप पहल गर्नेछ । अक्सफोर्ड युनिभर्सिटी, चीन र रुसले आफूले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप नेपालमा अन्तिम चरणको परीक्षण गर्न इच्छा देखाएका थिए । भारतले पनि आफ्नो प्रोटिन खोप नेपालमा परीक्षण गर्न प्रारम्भिक चरणको पहल गरेको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यस सम्बन्धमा अध्ययन वा विश्लेषण जे गर्नुपर्ने हो त्यसको जिम्मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई दिएको छ । परिषद्ले खोप परीक्षणको विषयमा तथ्यगत तथा बौद्धिक बहस अगाडि बढाएको थियो । सो क्रममा स्वास्थ्य अनुसन्धान परिषद्सहित नेपाल सरकारका विभिन्न निकाय तथा बुद्धिजीवी एकै थलोमा जम्मा भएर खोप परीक्षण गर्न हुने वा नहुने भन्ने विषयमा चरणबद्ध छलफल गरिएको थियो । सहभागी विज्ञले खोप परीक्षणका विभिन्न पक्ष केलाउँदै त्यसरी खोपको परीक्षण नेपालमा तत्काल दिन नहुने निष्कर्ष निकालेका हुन् । गोरखापत्र दैनिक