२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगन्जमा ४ सय ३६ जनाको स्वाब परीक्षण गर्दा ३८ जनामा कोरोना



अ+ अ-

वीरगन्ज । नारायणी अस्पतालको प्रयोगशालामा आइतबार ४ सय ३६ जनाको स्वाब परीक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार ८ महिलासहित ६ वर्षदेखि ७० वर्ष उमेर समूहका थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नारायणीको आकस्मिक कक्षमा रहेका चार जना बिरामीको जिन एक्सपर्ट टेस्ट विधिबाट परीक्षण गर्दा तीन जनामा कोरोना पुष्टि भएको डा. चौरसियाले बताए ।

संक्रमितमध्येमा पर्साका ३२ जना, वाराका ४ जना र एक जना सर्लाहीका बासिन्दा हुन् । वीरगन्ज महानगरपालिका– ११ श्रीपुरमा थप १२ जनामा कोरोना संक्रमण देखिएको छ । वीरगन्जको छपकैयामा ३ जना, वडा २० मा दुई जना र वडा १५, ६, १३, ५ मा एकरएक जना संक्रमित थपिएका छन् । पर्साको कालिकामाई गाउँपालिका– १ र ४ मा ४र४ जना र वडा ३ मा एक जना कोरोना संक्रमित थपिएका छन् ।

जिराभवानी गाउँपालिका– २ मा थप दुई जनामा कोरोना देखिएको छ । बाराको कोल्भीमा तीन जना र महागढीमाई नगरपालिका– ११ मा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको डा।चौरसियाले जनाए । उनका अनुसार सर्लाहीका एक जना संक्रमित रामनगर गाउँपालिकाका हुन् । कान्तिपुर दैनिक