२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पती छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स ट्रफीः जाद्रानको कीर्तिमानी शतकमा अफगानिस्तानले इङ्ल्यान्डलाई घर पठायो



अ+ अ-

काठमाडौँ । इब्राहिम जाद्रानको शतक र अजमातुल्लाह ओमरजाईको घातक बलिङको मद्दतले अफगानिस्तानले इङ्ल्यान्डलाई च्याम्पियन्स ट्रफीबाट बाहिरिने बाटो देखाएको छ ।

लाहोरको गद्दाफी स्टेडियममा बुधबार भएको खेलमा टस जितेर पहिले ब्याटिङमा आएको रासिद खानको कप्तानीमा रहेको टोलीले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर ३२५ रन बनाएको थियो ।

जवाफमा इङ्ल्यान्डको टोली ४९.५ ओभरमा ३१७ रन मात्रै बनाउन सक्यो र अलआउट भयो । यससँगै अफगानिस्तानले जारी प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।

यो प्रतियोगितामा जोस बटलरको टोलीको यात्रा समाप्त भयो । इङ्ल्यान्ड यसअघि अस्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो । अब टोलीले आफ्नो अर्को खेल दक्षिण अफ्रिकासँग खेल्नुपर्नेछ । यो खेल शनिबार (१ मार्च)मा कराँचीमा हुनेछ ।

अफगानिस्तानले यो जितसँगै प्रतियोगितामा आफ्नो आशा जीवित राखेको छ । समूह ‘बी’ मा उसको २ अंक र नेट रन रेट (०.९९) सहित तेस्रो स्थानमा पुगेको छ भने दक्षिण अफ्रिका र अष्ट्रेलिया क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । अब अफगानिस्तानले आफ्नो तेस्रो खेल शुक्रबार अस्ट्रेलियासँग खेल्ने छ ।

खेलमा के भयो ?
लक्ष्य पछ्याउँदै इङ्ल्यान्डले अन्तिमसम्म प्रयास गरे पनि अफगान बलरको हातबाट पराजित भयो ।

अजमातुल्लाह उमरजाईले इङ्ल्यान्डका ब्याट्सम्यानलाई ध्वस्त पारे । उनले फिल साल्टलाई १२ रनमा प्याभिलियन पठाए । यसपछि मोहम्मद नाबीले जेमी स्मिथलाई आफ्नो शिकार बनाए ।

उनले विकेटकिपर ब्याट्सम्यानलाई उमरजाईबाट क्याच आउट गराए । उनी ९ रन मात्र बनाएर फर्किए । राशिद खानले टोलीलाई तेस्रो झट्का दिए । उनले बेन डकेट (३८) लाई एलबीडब्ल्यू आउट गराए ।

इङ्ल्यान्डका लागि जो रुटले शतक प्रहार गरे । उनले १११ बलमा १२० रन बनाए । यस अवधिमा उनको ब्याटबाट ११ चौका र एक छक्का आयो । उनका अलावा ह्यारी ब्रुकले २५, जोस बटलरले ३८, लियाम लिभिङस्टोनले १०, जेमी ओभरटनले ३२, जोफ्रा आर्चरले १४, आदिल रसिदले पाँच र मार्क वुडले दुई रन बनाए ।

अफगानिस्तानका लागि उमरजाई बाहेक मोहम्मद नाबीले २ विकेट लिए भने फजलहक फारुकी, राशिद खान र गुलबदिन नाइबले एक–एक विकेट लिए ।

यसअघि इब्राहिम जाद्रानको १७७ रनको इनिङ्सको मद्दतमा अफगानिस्तानले इंग्ल्याण्डलाई ३२६ रनको लक्ष्य दिएको थियो । यस खेलमा अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपनि सुरुवात राम्रो हुन सकेन ।

इङ्ल्यान्डका तिब्र गतिका बलर जोफ्रा आर्चरले अफगानिस्तानलाई सुरुमै तीन झट्का दिए । तर, जाद्रान र शाहिदीले पारीको जिम्मा लिए र ऐतिहासिक इनिङ खेलेपछि अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३२५ रन बनाउन सफल भयो ।

प्रारम्भिक असफलतापछि जाद्रानले कप्तान हशमतुल्लाह शाहिदीसँग चौथो विकेटका लागि १०३ रनको साझेदारी गरे । साहिदी आउट भएपछि पनि जाद्रानले आफ्नो इनिङलाई निरन्तरता दिँदै शतक बनाए । यसपछि पनि उनले रनको गति सुस्त हुन दिएनन् ।

जाद्रानले आफ्नो १४६ बलको इनिङ्समा १२ चौका र ६ छक्का प्रहार गरे र च्याम्पियन्स ट्रफीको इतिहासमा सर्वाधिक व्यक्तिगत स्कोर बनाउन सफल भए ।

अफगानिस्तानका लागि जाद्रानका अलावा अजमातुल्लाह ओमरजाईले ४१ रन, शाहिदीले ४० रन र मोहम्मद नाबीले २४ बलमा ४० रन बनाए । रहमानउल्लाह गुरबाज ६ रन बनाएर आउट भए भने सेदिकुल्लाह अटल ४ रन बनाएर र रहमत शाह ४ रन बनाएर आउट भए ।

इङ्ल्यान्डका आर्चरले तीन विकेट लिए भने लियाम लिभिङस्टोनले दुई तथा जेमी ओभरटन र आदिल रसिदले एक–एक विकेट लिए ।




भर्खरै