२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादोन्मुख समाज बनाउन राष्ट्रिय पुँजीको निर्माण आवश्यक-मुख्यमन्त्री कार्की



अ+ अ-

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समाजवादोन्मुख समाज निर्माण गर्न राष्ट्रिय पुँजीको निर्माण हुनुपर्ने बताएका छन्।

विणा फाउण्डेशनद्वारा आयोजित तीनदिने ‘विचार उत्सव’ को आज यहाँ उद्घाटन गर्दै उनले राष्ट्रिय पुँजी निर्माण गर्न कृषि, पर्यटन र ऊर्जाका क्षेत्रमा लगानी आवश्यक रहेको बताए। मुख्यमन्त्री कार्कीले हिन्दूहरुको आस्थाका केन्द्र पशुपतिनाथ र शान्तिका दूत गौतमबुद्ध जन्मेको स्थान लुम्बिनीमा धार्मिक पर्यटकहरु उतार्न सकियो भने मुलुक निर्माणमा ठूलो सहयोग पुग्ने बताए।

उनले विचार र नीतिको बहसबाट मुलुकलाई समृद्धतर्फ लैजान सकिने धारणा व्यक्त गरे। उनले आगामी दिन कोशी चतरामा हुने कुम्भमा स्नानका लागि लाखौँ श्रद्धालु एवं भक्तालुहरु ल्याउने वातावरण निर्माणका लागि सरकारले काम गरिरहेको समेत उल्लेख गरे।

मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख डा राजेश अहिराजले विचारले नै मानिसको संस्कार बुझिने भएकाले असल विचारबाट मात्र असल समाजको परिकल्पना गर्न सकिने बताए। मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कोशी प्रदेश भूगोल, इतिहास र सम्पदाले समृद्ध छ भने।

कोशी प्रदेशका प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले नागरिक सुरक्षित भएमा मात्र सार्थक विचार आउने भएकाले सुरक्षाकै जगमा समृद्ध हासिल गर्न सकिने कुरामा जोड दिए।