२५ जेष्ठ २०८३, सोमबार
,
Latest
करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणतन्त्र धरासायी हुने अवस्थामा पुग्यो – कमल थापा



अ+ अ-

भक्तपुर। राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघिय धर्मनिरपेक्ष गणतन्त्र भित्र विद्यमान अन्तर्विरोध र विरोधाभासको परिणाम स्वरूप यो व्यवस्था स्वत: धरासायी हुने अवस्थामा पुगेको बताएका छन् ।

प्रमुख राजनीतिक दलहरुको अकर्मण्यता र भ्रष्ट प्रवृत्तिको कारण संघिय धर्मनिरपेक्ष गणतन्त्र असफल भएको उनको टिप्पणी छ । आज भक्तपुरमा आयोजित पार्टीको मध्यमाञ्चल बिकास क्षेत्र समन्वय समितिको बिस्तारित बैठकलाई सम्बोधन गर्दै थापाले गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा राजा ज्ञानेन्द्रबाट दिइएको सन्देश देशलाई संकटबाट मुक्त तुल्याउने सदासयताका साथ आएको राष्ट्रिय मेलमिलापको प्रस्ताव भएको बताए ।

उनले यो प्रस्तावलाई सकारात्मक रुपमा लिएर हिन्दुराष्ट्र र राजसंस्थाको पुनर्स्थापना एवं संघीयताको खारेजीका निम्ति सोच्न सबै राजनीतिक दलहरुलाई आग्रह समेत गरे । थापाले राजासहितको प्रजातन्त्र भनेको निरंकुश व्यवस्था नभएको भन्दै राजा र जनताको साझेदारीले बहुदलीय लोकतान्त्रिक शासन प्रणालीलाई सुदृढ तुल्याउने बिचार प्रकट गरे ।

उनले राजाको सन्देश प्रजातन्त्र, बहुदलीय संसदीय व्यवस्था र दलहरुको बिरुद्धमा नभएको समेत स्पष्ट पारे । देशलाई संकटबाट मुक्त तुल्याउन राजाले सहयोगको लागी गरेको आह्वानलाई राप्रपा नेपाल स्वागत गर्ने उनको धारणा थियो। राष्ट्रले भोग्नुपरेको संकटबाट मुक्तिको निम्ति राजाले सहयोग मागेको बेलामा पनि राजावादी, हिन्दुवादी र राष्ट्रवादीहरु एकठाउँमा उभिन नसक्नु दुर्भाग्यपूर्ण भएको उनको ठहर छ ।

अर्को तर्फ केही अराजक तत्वहरुबाट राजा र हिन्दुराष्ट्रको नाम लिंदै तथा गैरजिम्मेवार वक्तव्य दिने, परिस्थितिलाई उत्तेजित बनाउने एवं राजा र दलहरु बिचको सम्बन्ध बिगार्ने काम हुनु उदेकलाग्दो भएको भन्दै थापाले यस्तो प्रवृत्ति हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाको संभावना खलबल्याउने षडयन्त्र हुन सक्ने आशङ्का गरे ।

थापाले राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको पक्षमा निरन्तर सशक्त ढंगले संघर्ष गरी रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपाल जस्ता स्थापित शक्तिहरूको बिकल्पमा केही अराजक, गैरजिम्मेवार र अराजनीतिक समुहलाई उचाल्ने काम रहस्यमय छ। राजसंस्था र हिन्दुराष्ट्र पुनस्थापनाको क्रममा यस्तो कार्य अत्यन्त घातक र आत्मघाती हुन्छ हुने उनको दाबी थियो । कार्यक्रममा तारानाथ लुइँटेल , वरिष्ठ अधिबक्ता बिष्णु भट्टराई , यबती कार्की ,राजाराम बर्तौला ,माधब खत्री लगायतले बोलेका थिए ।