२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

तत्काल कसैसँग पनि पार्टी एकीकरण सम्भव छैनः झलनाथ खनाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले तत्काल कुनैपनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताउनुभएको छ ।

मंगलवार धनुषामा प्रेस संगठन नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले पार्टी एकीकरण गर्नुपर्ने अवस्था नआएको कारण एकीकरणको कुनै सम्भावना नरहेको बताउनु भयो । उहाँले एजेण्डाको आधारमा कार्यगत एकता गर्न सकिने बताउनु भयो । उहाँले आज राष्ट्रियतामाथि खतरा बढेको कारण कार्यगत गएकता गर्न सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘तत्काल पार्टी एकीकरण कसैसँग पनि सम्भव छैन । तत्काल त्यो अवस्था आएकै छैन । तर कार्यगत एकता जोसँग पनि सम्भव छ । इस्युमाथि आधारित रहेर कार्यगत एकता गर्न सकिन्छ । जस्तो आज राष्ट्रियतामाथि खतरा बढेको छ । सबै वामपन्थीहरु मात्र होयन अरुपनि किन एकताबद्ध भएर उभिन सकेका छैनन्? चुच्चे नक्सा नेपाललले बनायो । त्यसलाई कार्यान्वयन गरियोस् । भने हामी उभिन सक्दैनौं?’

चुच्चे नक्शाको कार्यान्वयन जस्ता राष्ट्रिय मुद्दामा कार्यगत एकता गर्न सकिने बताउनु भयो ।