२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरले सरोज गुरागाईंलाई हाजिर नगराउने, निमित्तलाई आर्थिक अधिकार दिन माग



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालयमा हाजिर नगराउने अडान कायमै राखेका छन् ।

बिहिबार प्रमुख प्रशासकीय अधिकृतमा गुरागाईंलाई नै निरन्तर गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको पत्रको जवाफ दिँदै महानगरले अर्को प्रशासकीय अधिकृत पठाउन माग गरेको हो ।

काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालयमा हाजिर नगराउने भएको छ ।

बुधबार गुरागाईंले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलमा काम गर्ने वातावरण बनाइदिन अनुरोध गर्दै पत्र लेखेका थिए । मेयर साहले आफ्नो कार्यकक्षमा ताला लगाई काम गर्न नदिएको तथा अनेक झूठा लाञ्छनाहरू समेत लगाएको उनको भनाई थियो ।

पछि, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगरका प्रमुख प्रशासकीय अधिकृतमा गुरागाईंलाई काम गर्ने वातावरण बनाइदिन पत्र पठाएको थियो । तर, महानगरले अर्को प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था नहुन्जेल निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार दिई कार्यालय सञ्चालन गर्न माग गर्दै पत्राचार गरेको छ ।

महानगरले मन्त्रालयलाई पठाएको पत्र यस्तो छ:

काठमाडौं टावर सार्वजनिक–निजी साझेदारी अवधारणा अन्तर्गत काठमाडौं महानगरपालिकाको आफ्नो स्वामित्वको जग्गामा बन्ने बसपार्क सहितको भवन हो । यस्ता परियोजना सञ्चालन व्यवस्थापन गर्ने विषयमा निर्णय गर्ने अधिकार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ उपदफा (२० ९छ) र दफा ९७ तथा काठमाडौं महानगरपालिका नगरसभाबाट स्वीकृत भएको साझेदारी तथा लगानी ऐन, २०७९ को दफा १७ बमोजिम गठित साझेदारी बोर्ड र नगर कार्यपालिकाको क्षेत्राधिकारको विषय हो ।

साझेदारी बोर्ड तथा नगर कार्यपालिकाले नीतिगत तहमा निर्णय गरी निर्क्योल गर्नुपर्ने परियोजनाको महत्त्वपूर्ण विषयमध्येको भवन संरचनाका सम्बन्धमा साझेदारी बोर्डमा विचाराधीन अवस्थामा रही अध्ययन भइरहेको परियोजना सम्झौतामा उल्लेख भएको भवन निर्माण गर्ने अवधि समाप्त भइसकेपछि प्रचलित कानुनी व्यवस्था, मूलसम्झौताको आधारभूत सर्त, भवन मापदण्ड तथा भवन संहिता समेत विपरीत हुने गरी आधिकारिक तहमा विचाराधीन रहेको विषयमा त्रूटिपूर्ण कार्य गर्ने प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएमा सो परियोजना लगायत अन्य कार्यहरू समेतमा नकारात्मक प्रभावका साथै कानुनी झन्झट पर्ने भएकाले उक्त जिम्मा लिई वा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ संशोधन गर्न वा अर्को प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था नहुन्जेल सम्मका लागि निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार दिई कार्यालय सुसञ्चालनमा सहयोगका लागि श्री संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गरी पत्राचार गर्ने भनी मिति २०८१।११।२२ मा प्रमुख स्तरीय निर्णय भएकाले सो अनुसार हुन अनुरोध गरिन्छ ।