२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ वर्षसँगै भरतपुर अस्पतालमा क्याथल्याब



अ+ अ-

चितवन। भरतपुर अस्पतालमा मुटुका बिरामीको उपचारका लागि क्याथल्याब सञ्चालनको तयारी गरिएको छ। आगामी चैतभित्रमा काम सम्पन्न हुनेगरी उपकरण जडान भइरहेको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलका अनुसार एउटा सामान छुटेकाले थप केही समय लागेको ह । अस्पतालले यसै महिनादेखि क्याथल्याब सञ्चालन गर्ने तयारी गरेको थियो।

पौडेलले भने, ‘जर्मनबाट सामान ल्याउँदा एउटा छुटेछ। चैतमा मात्र सामान आएर काम सम्पन्न हुनेछ।’ अस्पतालको वार्षिकोत्सव चैत्र २५ गते मनाउँदै गर्दा क्याथल्याब उद्घाटन गर्ने तयारी गरिएको उनले जानकारी दिए।

क्याथल्याब जडानका लागि उपकरणमा रु ११ करोड ५० लाख खर्च भएको भन्दै उनले भौतिक निर्माणसहित रु १५ करोड हाराहारी खर्च हुने मेडिकल सुपरिटेन्डेन्ट पौडेलले जानकारी दिए। उनका अनुसार अहिले अस्पतालमा मुटुको उपचारमा डिएम गरेका तीन जना चिकित्सक छन्।

अस्पतालका मुटु रोग विशेषज्ञ डा मणि गौतमले अहिले मुटुको बहिरङ्ग (ओपिडी) सेवा, इको वार्डलगायत सेवा सञ्चालनमा रहेका जानकारी दिए। क्याथल्याब सञ्चालनमा आएसँगै ‘इन्टरभेन्सन कार्डियोलोजी’ सेवा सुरु हुनेछ। यससँगै ‘एन्जियोग्राफी’, ‘एन्जियोप्लाष्ट’, ‘पेजमेकर’ जडानलगायत सेवा दिन सकिने उनको भनाइ छ।

क्याथल्याब (मुटुको नसाहरू, धमनीहरू हेर्ने काम गरिन्छ) सञ्चालनमा आएसँगै मुटुको नसामा बोसोले रोक्दा खोल्न सकिने डा गौतमले बताए। क्रमशः मुटुसम्बन्धी उपचार सेवा थप गर्दै लैजाने योजना रहेको उनले जानकारी दिए। उनका अनुसार प्रभावकारी सेवाका लागि अस्पतालमा कम्तीमा आठ जना मुटुरोग विशेषज्ञ (कार्डियोलोजिष्ट) आवश्यक पर्दछ।

भरतपुर अस्पताल सङ्घीय अस्पताल हो। यहाँ चितवनसहित १९ भन्दा बढी जिल्लाबाट बिरामी आउने गर्दछन्। क्याथल्याब सञ्चालनमा आएसँगै सर्वसुलभ रूपमा यो सेवा आमनागरिकले पाउने अस्पतालले जनाएको छ। रासस