२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स ट्रफीको फाइनल खेल्ने बित्तिकै विराट कोहलीले रच्नेछन् इतिहास



अ+ अ-

एजेन्सी । भारतले २०२५ को च्याम्पियन्स ट्रफीमा असाधारण प्रदर्शन गरेको छ ।

आफ्नो प्रतिभाको बलमा समूह चरणमा बंगलादेश, पाकिस्तान र न्युजिल्याण्डलाई पराजित गर्दै टोली प्रतियोगिताको नकआउट चरणमा पुगेको थियो ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा अष्ट्रेलिया विरुद्ध शानदार जित दर्ता गरेपछि भारत कीर्तिमानी पाँचौ पटक फाइनलमा प्रवेश गरेको हो । फाइनलमा पुगेपछि भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले पनि नयाँ उपलब्धि हासिल गर्नेछन् ।

च्याम्पियन्स ट्रफी २०२५ को फाइनलमा मैदान उत्रने बित्तिकै विराट कोहलीले इतिहास रच्ने छन् । यदि उनले फाइनल खेले भने यो उनको पाँचौं आईसीसी एकदिवसीय प्रतियोगिताको फाइनल हुनेछ र योसँगै उनी सचिन तेन्दुलकर र जाहिर खानको क्लबमा प्रवेश गर्नेछन् ।

कोहलीले हाल चारवटा फाइनल खेलिसकेका छन् । उनी सचिन तेन्दुलकर, जाहिर र केही अन्य दिग्गजहरूलाई पछि पार्छन् जसले आईसीसी एकदिवसीय प्रतियोगितामा ५ पटक फाइनल खेलेका छन् ।

आईसीसी एकदिवसीय प्रतियोगितामा सबैभन्दा धेरै फाइनल खेल्ने खेलाडीहरूः
रिकी पोन्टिङ र युवराज सिंह – ६ फाइनल
जहिर खान, सचिन तेन्दुलकर, मुथैया मुरलीधरन,
ग्लेन म्याकग्रा – ५ फाइनल
विराट कोहली – ४ फाइनल

कोहली उत्कृष्ट फर्ममा छन् । च्याम्पियन्स ट्रफी २०२५ को पहिलो खेलमा बंगलादेशविरुद्धको खेलमा राम्रो प्रदर्शन गर्न नसके पनि स्टार ब्याट्सम्यानले पाकिस्तानविरुद्ध उत्कृष्ट शतक प्रहार गरेका थिए ।

यसका साथै कोहलीले प्रतियोगिताको सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दुई टोलीबीच कडा प्रतिस्पर्धा भएको थियो । कोहलीले राम्रो ब्याटिङ गर्दै ९८ बलमा ८४ रन बनाए ।

फ्यानहरूले फाइनलमा विराट कोहलीबाट यस्तै प्रदर्शनको अपेक्षा गर्नेछन् ।