२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनसँग जोड्ने उपाय



अ+ अ-

गोरखा । गोरखाको धार्चे गाउँपालिकाले भएका व्यक्तिलाई आयआर्जनसँग जोड्दै स्वरोजगार बनाउन मुढा बन्ने तालिम प्रदान गरेको छ । पालिकाले ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचय भएका व्यक्तिलाई छनोट गरेर १० दिने मुढा बुन्ने तालिम दिएको गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरूङले जानकारी दिनुभयो ।

“अपाङ्गता भएका व्यक्तिले केही गर्न सक्दैनन् भन्ने सोचाइ समाजमा छ”, उहाँले भन्नुभयो, “त्यस्तो धारणालाई परिवर्तन गर्दै अपाङ्गता भएका व्यक्तिलाई सीप प्रदान गरेर आत्मनिर्भर बनाउन तालिम दिइएको हो ।” गाउँपालिकाले तालिमपछि उनीहरूले उत्पादन गरेका मुढा वडावडामार्फत बजार व्यवस्थापनको पहल गर्ने उपाध्यक्ष गुरूङको भनाइ छ ।

तालिममा लाप्राक, खोर्लाबेँसी, हुल्चुक, सिङ्लालगायत विभिन्न क्षेत्रका गरी १५ भन्दा बढीको सहभागिता रहेको थियो । “सामाजिक सुरक्षा भत्ता ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका व्यक्तिले पाउँदैनन्”, उपाध्यक्ष गुरूङले भन्नुभयो, “उनीहरूलाई केही न केही सीप सिकाउन सके आयआर्जनसँग जोड्न सकिने र आत्मनिर्भर बनाउन सकिन्छ भन्ने पनि हाम्रो विश्वास हो ।”

गाउँपालिकाले धादिङबाट अपाङ्गता भएका व्यक्तिलाई नै प्रशिक्षकका रूपमा ल्याएर तालिम प्रदान गरेको हो । पालिकाले आवासीय सुविधासहित सहभागीलाई तालिम दिएको उहाँले बताउनुभयो । “सीप सिकेर मुढा उत्पादन गर्ने चाहानेले आआफ्नो उत्पादन सम्बन्धित वडाका बजारमा बिक्रीका लागि व्यवस्था मिलाइने छ”, उपाध्यक्ष गुरूङले भन्नुभयो, “वडाबाट बाहिर पठाउन परे पनि पालिकाले आवश्यक पहल गर्नेछ ।”

तालिमले अपाङ्गता भएका व्यक्तिलाई घरमै बसेर जीविकोपार्जनसँग जोड्न मद्दत पुग्ने उहाँले बताउनुभयो । धार्चे गाउँपालिकाभित्र प्रसस्त मात्रामा निगालो पाइने भएकाले पनि कम लागतमा मुढा उत्पादन गर्न सकिने हुँदा मेहनत गरे सीप सिकेकाले राम्रो आम्दानी गर्न सक्नेछन् । रासस




भर्खरै