१९ असार २०८३, शुक्रबार
,
Latest
सरकार मुलुकको आर्थिक सङ्कट समाधान गर्न अग्रसर हुनुपर्ने : एमाले भारतीय प्रधानमन्त्री मोदी अर्को साता इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने भेनेजुएला भूकम्प : आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको सकुशल उद्धार गोली हानेर लागुऔषध कारोबारी पक्राउ सुदूरपश्चिम स्पोर्टस् अवार्डः क्रिकेटका दीपेन्द्र र कबड्डीका मानमतीलाई नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजा सम्पन्न, केबलकार दुई महिनाभित्रै सञ्चालनमा आउने जनताको आकांक्षा पूरा हुनेगरी काम गर्न सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा, भेरी करिडोर अझै अवरुद्ध प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा बेरोजगारी बीमा आवेदन गर्ने १० लाखभन्दा बढी



अ+ अ-

काठमाडौं । संयुक्त राज्य अमेरिकामा पछिल्लो समयमा बढ्दो बेरोजगारीका कारण रोजगार बीमाको कार्यक्रमका लागि धेरै नागरिकले आवेदन गरिरहेका बताइएको छ ।
यो संख्या अमेरिकामा कम्तीमा पनि ११ लाख पुगेको हो । अमेरिकाबाट प्राप्त भएको समाचारमा सो कुरा जनाइएको छ । 

अमेरिकामा कोरोना भाइरसको महामारीका कारण यस्तो अवस्था आएको हो । गएको पाँच महिनामा अमेरिकामा कोरोना भाइरसको प्रकोप देखिएको छ । यहाँ हाल कम्तीमा पनि ५६ लाख नागरिकलाई कोरोनाको संक्रमण देखिएको छ । जसका कारण यहाँको अर्थतन्त्र तथा रोजगारीहरुमा पनि नराम्रोसँग ह्रास आएको पाइएको छ । 

यस्तो बेरोजगारी संख्या यहाँ बढ्दै गएको देखिएको छ । पछिल्लो समयमा ११ लाख नागरिकले बेरोजगारी बीमाको फारम भरेका छन् । यो संख्या अघिल्लो हप्ताको तुलनामा बढी हो । अघिल्लो हप्ता यहाँ यो फारम भर्ने व्यक्तिको संख्या ९ लाख ७० हजार मात्र थियो । 

यहाँको सरकारले महामारी बेरोजगार सहायता पनि दिइरहेको छ । सो सहायता अन्तर्गत यो बीमा पनि पर्दछ । त्यसैले नागरिकहरुले पहिलो पटक यति धेरैले यो फारम भरेका हुन् । यहाँका आर्थिक क्षेत्रका अधिकारीहरुले अमेरिकामा कारोना भाइरसको प्रकोप अहिलेजस्तो गरी बढ्दै जाने हो भने यो बेरोजगार नागरिकहरुको दर पनि ठूलो मात्रामा बढ्दै जाने बताएका छन् ।