२३ जेष्ठ २०८३, शनिबार
,
Latest
हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवाका अध्यक्ष ढकालले छाडे एमाले



अ+ अ-

काठमाडौँ । नेकपा एमाले रसुवा जिल्ला अध्यक्ष जनार्दन ढकालले पार्टी अध्यक्षसहित सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् ।

शनिबार एक टेलिभिजनलाई अन्तरवार्ता दिँदै ढकालले यस्तो घोषणा गरेका हुन् ।

रसुवालाई एमाले संगठनको नमुना जिल्ला बनाएको तर आफुमाथि जिल्ला ईञ्चार्जसहितका नेताबाट पटक पटक भौतिक आक्रमण र असहयोग हुँदा केन्द्रले कुनै सुनुवाइ नगरेको ढकालको गुनासो छ ।

आफुमाथि जिल्ला सचिवसहितका नेताहरुबाट भएको आक्रमण र अपमान सहन नसकेर पार्टी छाडेको ढकालको तर्क छ । आगामी दिनमा स्वतन्त्र नागरिकको हैसियतमा जनताकै बीचमा रहने ढकालले घोषणा गर्नुभएको छ। तत्कालिन नेकपा विभाजन र एमालेबाट माधवकुमार नेपालसहितका नेताले दल विभाजन गर्दा रसुवामा विभाजनको असर हुन नदिन भुमिका खेल्नुभएका ढकाल यतीबेला दश बुँदे पक्षधर र एमालेमा आएका प्रेम तामाङको पेलान सहन नसकेर दल त्याग गर्नुपरेको दाबी गरेका छन् ।

तत्कालिन अवस्थामा नेकपा एकीकृतमा जान लागेका माधव अर्याल, राप्रपाहुँदै माओवादी, जसपा, नयाँ शक्ति र कांग्रेस हुँदै एमालेमा प्रवेश गरेका प्रेम तामाङलाई नेतृत्वले च्याप्न खोजेको ढकालको आरोप छ ।

पार्टी महासचिव शंकर पोखरेल र प्रदेश इञ्चार्ज राजन भट्टराईलाइ पटक पटक यो विषय अवगत गराएपनि निकास नआएको उहाँको भनाइ छ । रसुवामा भविष्यसम्मको नेताको उपमा पाएका ढकालले एकाएक दल त्यागको घोषणा गरेसँगै पार्टी नेता र कार्यकर्ता दबाबमा परेका छन् ।

गल्छि- त्रिशुली-स्याफ्रु सडक बनाउन पहल गरेको, रसुवागढी नाका सुधार र सुख्खा बन्दरगाह निर्माणमा भुमिका खेलेका ढकाल पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मानिन्थे । खास गरी संविधानसभा सदस्य रहिसकेका प्रेम तामाङ एमालेमा आएपछि जिल्लाको संगठन अराजक बनेको टिप्पणी भइरहेको छ । ढकाल २०७० को संविधानसभा सदस्यमा रसुवाबाट निर्वाचित हुनुभएको थियो । पार्टी बैठकहरूमा आफूमाथि पार्टी सचिव लगायतले चार पटकसम्म सांघातिक आक्रमणको गरेको पनि उनले आरोप लगाएका छन् ।

तत्कालिन नेकपाको केन्द्रीय सदस्य समेत रहनुभएका ढकाल पछिल्लो पटक रसुवा अध्यक्ष हुनुहुन्थ्यो । जिल्लामा पार्टीलाई बलियो बनाउन तीन वटा घर र गाडी समेत बेचेर काम गर्दापनि आफुमाथि तुच्छ टिप्पणी हुनेगरेको भन्दै ढकाल आगामी दिनमा स्वतन्त्र रहने घोषणा गर्नुभएको हो ।