२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

८३ प्रतिशत ‘युएसएआईडी’ कार्यक्रम रद्द गर्दै अमेरिका



अ+ अ-

काठमाडौं । अमेरिकाले युएसएआईडीका अधिकांश कार्यक्रम रद्द नै गरेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकाले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) का ८३ प्रतिशत कार्यक्रमहरू रद्द गरिरहेको बताएका छन् ।

राष्ट्रपति डोनल्ड ट्रम्पले गतजनवरीमा सत्ताको बागडोर सम्हालेलगत्तै एक कार्यकारी आदेशमा हस्ताक्षर गरेर विदेशमा खर्चको मूल्याङ्कन गर्न समय दिनको लागि सबै अमेरिकी वैदेशिक सहायता रोकेका थिए । “छ हप्ताको समीक्षा पछि, हामी आधिकारिक रूपमा युएसएआईडीका ८३% कार्यक्रम रद्द गर्दैछौं,” रुबियोले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उल्लेख गरेका छन् ।

“अहिले रद्द गरिएका पाँच हजार २०० सम्झौतामा अर्बौं डलर खर्च गरिएको थियो, जुन संयुक्त राज्यको मूल राष्ट्रिय हितहरूसँग मेल खाँदैन (र केही अवस्थामा हानि पनि पुर्‍याएको) थियो”, उनले भनेका छन् ।

युएसएआईडीले विश्वभर अमेरिकी मानवीय सहायता प्रदान गर्दछ । लगभग १२० देशहरूमा स्वास्थ्य र आपतकालीन कार्यक्रमहरू सञ्चालन गर्दछ ।

रुबियोले सरकारी विभागहरूमा लागत कटौती र रोजगार कटौती गर्ने अभियानमा अर्बपति एलन मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभाग (डीओजीई) लाई धन्यवाद दिएका छन् ।