२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राखेपका चार सदस्यको पद यथावत कायम गर्न सर्वोच्चको आदेश



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद (राखेप)का चार सदस्यहरूको पद यथावत कायम गर्न आदेश दिएको छ ।

मंगलबार न्यायाधीशद्धय मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाको इजलासले राखेप सदस्य प्रकाशकुमार कुसारीले दायर गरेको मुद्धामा सुनुवाइ गर्दै रिट जारी गरेको हो ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राजनीतिक प्रतिशोध साँधेर परिषद्का चार जना सदस्यहरू कुसारीसहित अन्जन धमला, जनक बर्तौला र मोहमद फाजिलको पद खोसेका थिए ।

मन्त्रीको निर्णयविरुद्ध चारै जनाले सर्वोच्च अदालतमा मुद्धा दायर गरेको थिए । सर्वोच्चले यसअघि सो मुद्धामा अन्तरिम आदेश पनि जारी गरेको थियो । मंगलबार शर्मा र ढुङ्गानाको इजलाशले ती मुद्धामा रिट जारी गरेको हो ।

साथै, कुसारीको कदमविरुद्ध युवा तथा खेलकुदमन्त्री चौधरीले दायर गरेको भ्याकेट मुद्धामा सुनुवाइ गर्दै सर्वोच्चले टेक्निकल्ली भ्याकेटमा जान नमिल्ने भनी ‘कानुन बमोजिम गर्नु’ भनेर अन्तिम सुनुवाइ गरी भ्याकेट खारेज गरी कुसारीलगायत अरु बोर्ड सदस्यहरूको पक्षमा आदेश दिएको छ ।