२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फागु पूर्णिमा हर्ष र उमङ्गको क्रीडापर्व : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हर्ष र उमंगको क्रीडापर्व फागु पूर्णिमाको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले बसन्त ऋतुको यो पूर्णिमालाई प्रकृतिको पुनर्जागरणको दिन मान्ने गरिएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो शुभकामना सन्देशमा भन्नुभएको छ–

आज फागु पूर्णिमा, यसलाई हामी होली पर्वका रूपमा मनाउँछौं। वसन्त ऋतुको यस पूर्णिमालाई प्रकृतिको पुनर्जागरणको दिन मानिन्छ । शिशिरपछि आउने वसन्त ऋतुमा फूलहरू फुल्छन्, चराहरूको चिरबिर आवाजले वातावरण रमाइलो बनाउँछ।

फागु पूर्णिमालाई वसन्तोत्सव र मदनोत्सव पनि भनिन्छ। हाम्रो प्राचीन शास्त्र वेदमा चन्द्रमालाई मनका देवता भनिएको छ। मनमा हुने भावनात्मक उद्वेगले प्रकृति र पुरुष तत्व जागृत भएको र सृष्टि सहज भएको मानिन्छ– यस ऋतुमा सबै प्राणी र वनस्पति चञ्चल स्वभावमा हुने विश्वास गरिन्छ।

हर्ष र उमङ्गको क्रीडापर्व फागु पूर्णिमाको सबैलाई शुभकामना !

ह्याप्पी होली !