काठमाण्डौं । सुनचाँदीको मूल्यमा उतारचढाव अझै देखिएको छ । मंगलबार सुनचाँदीको मूल्य स्थिर देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४०० कायम भएको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ९०० रहेको छ ।
चाँदी प्रतितोला १ हजार ३८० रहेको महासंघले जनाएको छ ।







