२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएनए अमेरिकाले ‘के म नेपाली हैन र ?’ कविता प्रतियोगिता गर्ने



अ+ अ-

काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका, नेपाली भाषा साहित्य समितिले कविता प्रतियोगिता गर्ने भएको छ । त्यसका लागि समितिले कविता पठाएर प्रतियोगिता सहभागी हुन आह्वान गरेको छ ।

समितिका अध्यक्ष साहित्यकार राजेन्द्रप्रसाद अर्यालले विज्ञप्ति जारी गर्दै कविता प्रतियोगितामा सहभागी हुन चाहने कविहरूले सन् २०२५ मार्च ३१ अर्थात् २०८१ साल चैत १८ गतेसम्ममा कविता पठाउन आह्वान गर्नुभएको हो ।

विश्वभर छरिएर रहेका नेपाली भाषी कविहरूकाबिच ’के म नेपाली हैन र ?’ भन्ने शीर्षकमा कविता प्रतियोगिताको आयोजना गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ ।

कविता प्रतियोगिताका विजेतालाई ६ सय, दोस्रो हुनेलाई ४ सय र तेस्रो हुनेलाई ३ सय डलर पुरस्कार दिइने भएको छ । त्यसैगरी तीन जनालाई एक सय डलरका दरले सान्त्वना पुरस्कारको व्यवस्था गरिएको समितिले जनाएको छ ।