२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

यमनमा हुथी विद्रोहीविरुद्ध ‘निर्णायक र शक्तिशाली’ सैन्य कारबाही गर्ने ट्रम्पको घोषणा



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध ‘निर्णायक र शक्तिशाली’ सैन्य कारबाहीको घोषणा गर्नुभएको छ ।

अमेरिकाले हुथी विद्रोहीलाई विदेशी आतङ्कवादी सङ्गठनको रुपमा पुनः परिभाषित गरेको करिब १५ दिनपछि यो घोषणा भएको हो ।

“आज मैले अमेरिकी सेनालाई यमनमा हुथी आतङ्ककारीविरुद्ध निर्णायक र शक्तिशाली सैन्य कारबाही गर्न आदेश दिएको छु। उनीहरूले अमेरिकी र अन्य सहयोगी मुलकका जहाज, विमान र ड्रोनविरुद्ध पाइरेसी, हिंसा र आतङ्कवादको अनवरत अभियान चलाएका छन्,” ट्रम्पले आफ्नो ट्रुथ सोसल मिडिया प्लेटफर्ममा लख्नुभएको छ ।

अमेरिकाले हुथी विद्रोहीविरुद्ध ’अत्यधिक घातक बल’ प्रयोग गर्ने बताउँदै उनीहरूले स्वेज नहर,रेड सी र एडेनको खाडीबाट ढुवानीमा अवरोध पु¥याएको आरोप लगाउनुभएको छ ।

उहाँले भन्नुभयो, “अमेरिकी पानीजहाजमा हुथीको आक्रमण सह्य हुने छैन। जबसम्म हामीले आफ्नो उद्देश्य प्राप्त गर्दैनौं तबसम्म हामी अत्यधिक बल प्रयोग गर्नेछौँ।”

राष्ट्रपति ट्रम्पले भन्नुभयो, “हुथी विद्रोहीले विश्वको सबैभन्दा महत्वपूर्ण जलमार्गमध्ये एकमा पानीजहाज बन्द गरेका छन्, विश्वव्यापी बजारको विशाल भूभागलाई रोकेका छन् र नेभिगेसनको स्वतन्त्रताको मूल सिद्धान्तमाथि आक्रमण गरेका छन्, जसमा अन्तर्राष्ट्रिय व्यापार र वाणिज्य निर्भर छ।”

उहाँले पूर्व राष्ट्रपति जो बाइडेनले हुथीविद्रोहीविरुद्ध दिएको ‘कमजोर’ प्रतिक्रियाको आलोचना गर्दै हुथी विद्रोहीले अमेरिकी सैन्य र व्यापारिक जहाजमाथि गरेको आक्रमणले अमेरिका र विश्व अर्थतन्त्रलाई अर्बौं डलरको क्षति पुगेको बताउनुभएको छ ।

चार महिनाअघि लाल सागर हुँदै जाने अन्तिम अमेरिकी युद्धपोतमाथि हुथी विद्रोहीले दर्जनभन्दा बढी पटक आक्रमण गरेका थिए । इरानको आर्थिक सहयोगमा हुथी विद्रोहीले अमेरिकी विमानमा क्षेप्यास्त्र प्रहार गरेका अमेरिकी सैनिक तथा सहयोगीलाई निशाना बनाएका छन् ।

ट्रम्पले अगाडी भन्नुभयो, “कुनै पनि आतङ्कवादी शक्तिले अमेरिकी व्यापारिक र नौसैनिक जहाजहरूलाई स्वतन्त्र रूपमा विश्वको जलमार्गमा यात्रा गर्नबाट रोक्ने छैन।”

ट्रम्पले इरानलाई प्रत्यक्ष चेतावनी दिँदै हुथी विद्रोहीलाई दिएको समर्थन अन्त्य गर्न र जारी रहे गम्भीर परिणाम भोग्नुपर्ने पनि चेतावनी दिनुभएको छ ।

हुथी आतङ्ककारीहरूलाई इरानको समर्थन तुरुन्तै समाप्त हुनुपर्ने अन्यथा इरानले पनि यसको नराम्रो प्रतिफल प्राप्त गर्ने उहाँले चेतावनी दिनुभयो ।