२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रहरीका प्राविधिकतर्फका दुई डिआइजीमा कोरोना पुष्टि



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीका प्राविधिकतर्फका दुई जना प्रहरी नायब महानिरीक्षक ९डिआइजी०मा कोरोना संक्रमण पुष्टि भएको छ । महाराजगन्जस्थित प्रहरी अस्पतालका दुई जना डिआइजीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए ।

गत बिहीबार अस्पतालका कर्मचारीहरूको कोरोना परीक्षण गर्न स्वाब निकालिएकामा दुवै डिआइजीमा शुक्रबार संक्रमण पुष्टि भएको थियो । हाल दुवै जनाको सोही अस्पतालमा नै उपचार भइरहेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आइतबारसम्म प्रधान कार्यालयभित्र मात्रै १ सय ५५ जनामा संक्रमण देखिएको छ भने प्रधान कार्यालयबाहेक काठमाडौं उपत्यकाका अन्य स्थानमा ३० जना प्रहरीहरूमा संक्रमण पुष्टि भइसकेको छ ।

यसैगरी, अइतबार साँझसम्म देशभर गरी ६ सय २० जनामा संक्रमण पुष्टि भएकामा २ सय ४० जना उपचारपछि निको भएर काममा फर्किएको र ३ सय ८० जना उपचाररत रहेको प्रहरी प्रवक्ता कडायतले जानकारी दिएका हुन् । राजधानी दैनिक