२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमतालहहरुको संरक्षणका लागि बजेट गर्छौंः मन्त्री खड्का



अ+ अ-

काठमाडौँ । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले हिमतालहहरुको संरक्षणका लागि बजेट विनियोजन गरेर अघि बढ्ने बताउनुभएको छ ।

सोमवार ललितपुरमा आयोजित नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बजेटमा समावेश गरेर हिमतालहरुको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । यसका लागि आवश्यक प्रवन्ध मिलाउन सचिवहरुलाई निर्देशन दिनुभयो ।

उहाँले हिमताल फुटेपछि विकराल समस्या आउने भन्दै यसमा समयमै ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले यिनै समस्या समाधानका लागि सरकारले संसदबाट जलश्रोत विधेयक चाँडै पारित गर्ने तयारी गरेको बताउनु भयो । जलवायु परिवर्तनका असर न्युनिकरण गर्दै जलश्रोतको दिगो उपयोगका लागि अन्तर्राष्ट्रिय साझेदारीलाई बिस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । जल तथा मौसम विज्ञानसँग सम्बन्धित अनुसन्धान संस्थाहरुसँग सहकार्य गरी नेपालका जलश्रोतको दिगो व्यवस्थापन विकासका लागि सुनिश्चित गर्ने जिकिर गर्नुभयो ।

मन्त्री खड्काले भन्नुभयो, ‘यस पटक बजेटमा समावेश गरेर हिमतालहरुको संरक्षण गर्न आवश्यक छ । यस पटक बजेट निर्माण गर्दा सचिवज्युहरुले ध्यान दिनुहोला । यसका जोखिमबाट उत्पन्न हुने समस्या विकराल हुन्छ । थामे लगायतका स्थानमा हामीले हिमताल फुटेर भएको क्षति हेरिसकेका छौँ । सबै हिमतालहरु जोखिममा नै छन् । भरपर्दो स्ट्रक्चर छै, हिउँ नै हो । यो फुटिसकेपछि आयोजनामा क्षति मात्रै हुने होइन, मानवीय क्षति पनि त्यत्तिकै बढ्छ । त्यसैले दोहोरो, तेहोरो चपेटामा आज नेपाल छ । यसलाई जोगाउने, संरक्षण गर्ने, सबै देशलाई आह्वान गर्ने नेपालको दायित्व बनेको छ । कारण नेपाल होइन, ठूला र विकसित राष्ट्र हुन् । गम्भीर रुपमा लिएर हामीले अहिले जलश्रोत विधेयक चाँडै पारित गर्दैछौँ ।’

मन्त्री खड्काले जलश्रोतको संरक्षण तथा मौसम परिवर्तनको प्रभाव न्युनिकरण गर्न दीर्घकालीन नीति निर्माण हुनु आजको अपरिहार्य आवश्यकता भएको बताउनु भयो । सरकारले सञ्चालन गरिरहेको जल तथा मौसम सम्बन्धी पूर्वअनुमान प्रणालीहरु डिजिटल प्रविधिसँग समायोजन गर्दै प्रभावकारी आपत्कालीन व्यवस्थापन प्रणाली स्थापना गर्ने सरकारको प्राथमिकता रहेको बताउनु भयो ।