२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सौरभ गांगुलीको पनि अभिनयमा डेब्यु



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट टिमका पूर्व कप्तान सौरभ गांगुली अभिनयमा डेब्यु गर्दैछन् । उनी चाँडै नै नेटफ्लिक्सको वेब सिरिज ‘खाकीः द बेङ्गाल च्याप्टर’ मा देखिनेछन् ।

हालै एउटा प्रमोशनल भिडियो सार्वजनिक भएको छ, जसमा उनी प्रहरी अफिसरको भूमिकामा देखिएका छन् ।

स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले सोमबार एक भिडियो जारी गर्‍यो । यस भिडियोमा सौरभ गांगुली पुलिसको पोशाक लगाएर अपराधीहरूलाई पक्रन लठ्ठी चलाउँदै गरेको देखिन्छ ।

सौरभ गांगुली ५२ वर्षको उमेरमा अभिनेताको रुपमा डेब्यु गर्दैछन् । क्रिकेटरको यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । सौरभको डेब्यू अभिनयबाट फ्यानहरु निकै खुसी र उत्साहित छन् ।

द बेङ्गाल च्याप्टर मार्च २० मा ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज हुनेछ ।

केहीदिन अघिमात्रै अष्ट्रेलियाका पूर्व ब्याट्सम्यान डेभिड वार्नर क्रिकेटपछि अब फिल्म क्षेत्रमा देखिने खबर आएको थियो ।

वार्नरले तेलुगु फिल्म निर्देशक भेन्की कुदुमुलाको आगामी एक्शन ड्रामा ‘रोबिनहुड’बाट अभिनयमा डेब्यु गर्ने भएका हुन् ।