२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलपिजी ग्यासको जोखिम घटाउन सचेतना कार्यक्रम



अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले एलपिजी ग्यासको सम्भावित जोखिम घटाउन निरीक्षण र सचेतना कार्यक्रम सुरू गरेको छ ।

धेरै ग्यास बालिने स्थानमा आठ वटा सूचक र २४ वटा उपसूचकका आधारमा निरीक्षण गरिएको कामपा विपद् व्यवस्थापन विभागका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिनुभयो ।

निरीक्षक जोशीका अनुसार अहिलेसम्म ५६ वटा पसलको निरीक्षण गरिएको छ । यो निरीक्षण सचेतना अभिवृद्धि गराउने उद्देश्यले सञ्चालन गरिएको हो । घरघरमा खाना पकाउने प्रयोजनका लागि सिलिण्डरमा भरेर ल्याइने ग्यास एलपिजी अर्थात् लिक्विफाइड पेट्रोलियम ग्यास हो ।

यो प्रज्वलनशील पदार्थ भएका कारण उपयोगमा सावधानी अपनाउनु सकिएन भने आगलागी हुने, सिलिण्डर विस्फोट हुने खतरा हुन्छ । यो खतराबाट बच्न ग्यास उत्पादक, सिलिण्डर उत्पादक, सिल उत्पादक, सिलिण्डर भर्ने कम्पनी, ढुवानी गर्ने सवारीसाधन, यसको गुणस्तर जाँच गर्ने अधिकारी, डिष्ट्रिव्यूटर, डिलर, बिक्रेतासँगै उपभोक्ताको आ–आफ्नै भूमिका देखिन्छन् ।

यस्तै ग्यास चुलो, चुलोमा जोडिने पाइप, पाइपमा जोडिने रेगुलेटर उत्पादक र बिक्रेताको महत्वपूर्ण भूमिका हुन्छ । यसमध्येको ढुवानी नियमन र व्यवस्थापन गर्न एलपिजी ग्यास ढुवानी नियमावली २०७३ ले जारी गरिएको छ । घरेलु प्रयोजनमा ल्याइने ग्यासको नियमन र व्यवस्थापनका लागि ‘एलपिजी ग्यास नियमावली २०६५’ जारी गरिएको छ । यसअनुसार घरेलु प्रयोजनका लागि १४ दशमलव २ किलोग्राम तौल भएको रातोबाहेक अन्य सिलिण्डरमा ग्यासको कारोबार गर्न हुँदैन ।

सिलिण्डरमा ग्यास भर्ने उद्योगको नाम र लोगो, सिलिण्डरको सिरियल नम्बर, निरीक्षकको टाँचा, हाइड्रोलिक परीक्षण गरिएको मिति, वर्किङ् वा टेस्ट प्रेसर, भल्वसहित खाली सिलिण्डरको तौल, सिलिण्डर जाँच गरिएको मिति र अर्कोपल्ट पुनः जाँच गर्नुपर्ने मिति खुलाउनुपर्छ ।

सिलिण्डरको फुट रिङ् (पिँध) र घाँटी (नेक रिङ्) काटेर जोडिएको भए ग्यास भर्न हुँदैन । ग्यास सिलिण्डरमा प्रयोग गरिने भल्व पनि प्रमाणपत्र प्राप्त कम्पनीले मात्र उत्पादन गर्न पाउँछन् । यसमा पनि भल्भ निर्माताको नाम, लोगो वा कोड नम्बर र भल्भ निर्माण मिति उल्लेख गर्नुपर्छ ।रासस