२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज अन्तरराष्ट्रिय खुसियाली दिवस



अ+ अ-

काठमाडौँ। आज अन्तरराष्ट्रिय खुसियाली दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घ महासभाले सन् २०१२ जुलाई १२ मा प्रत्येक मार्च २० लाई अन्तरराष्ट्रिय खुसियाली दिवस मनाउने घोषणा गरेको थियो ।

संसारभरिका मानव जीवनमा खुसी र कल्याणको महत्वलाई सार्वभौम लक्ष्य र आकांक्षाका रूपमा पहिचान गर्दै दिवस मनाउने घोषणा गरिएको हो । यो दिवस मनाउने सङ्कल्प भुटानले सुरु गरेको हो । भुटानले सन् १९७० को दशकको सुरुदेखि नै राष्ट्रिय आयको तुलनामा राष्ट्रिय खुसीको महत्त्वलाई पहिचान गरेको थियो । साथै राष्ट्रिय खुसीलाई लक्ष्यको रूपमा अपनाएको थियो ।

फ्रान्सेली भाषा दिवस

आज विश्वभर फ्रान्सेली भाषा दिवस पनि मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घले विभिन्न छ भाषालाई दिवसका रुपमा मनाउँदै आएको छ । जसमा फ्रान्सेलीसँगै अबेरिक, चिनियाँ, अङ्ग्रेजी, रसियन, स्पेनिस भाषा दिवस मनाउँदै आएको छ ।

दिवसका अवसरमा भाषाको इतिहास, संस्कृति र यसको प्रयोगको महत्वबारे जानकारी साझा गर्नेलगायतका काम गरिन्छ । ‘एजेन्सी फर कल्चरल एण्ड टेक्निकल कोअपरेसन’ स्थापना भएको दिनको प्रतीकका रुपमा सन् १९७० मार्च २० को यो दिवस मनाउन सुरु गरिएको हो ।