२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रीमियरमा ‘११:५५’: क्राइम थ्रिलर विधामा उत्कृष्ट फिल्मको प्रशंसा



अ+ अ-

काठमाडौँ। चैत्र ८ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन) निर्माण टिम यतिबेला प्रचारप्रसारमा व्यस्त छ। सिनेमाका सार्वजनिक प्रचार सामग्रीले दर्शकको विश्वास जितेकाले निर्माण टिम उत्साहित देखिन्छ।

प्रमियरमा पूर्वमिस नेपाल तथा अभिनेत्री मलिना जोशी, निर्देशक सवीर श्रेष्ठ, सुवर्ण थापा, सुवास कोइराला, अभिनेता आर्यन अधिकारी, गजित बिष्ट, जयकिशन बस्नेत, निर्देशक तथा हास्य कलाकार दीपक आचार्य (काकु), बबिन राई (गल्फने बाजे)लगायत कलाकार पुगेका थिए ।

उनीहरू ‘११ः५५’ क्राइम थ्रिलर जनरामा निर्माण भएको एउटा सुन्दर सिनेमाको रूपमा दर्शक आकर्षित गरिरहेका छन्। यो सिनेमाका प्रचार सामग्री पोस्टर, टिजर, गीत र ट्रेलरमा प्राप्त प्रतिक्रिया हेर्दा दर्शक उत्सुक रहेको बुझ्न सकिन्छ।

सिनेमाकी मुख्य अभिनेत्री सृष्टि श्रेष्ठ आफूले हरेक सिनेमामा फरक क्यारेक्टर गर्दै आएकाले ‘११ः५५’ को भूमिका पनि रुचाइनेमा आशावादी देखिइन्। उनी यो सिनेमा एक विवाहित महिलाको भूमिकामा देखिएकी छन्।

निर्देशक सुवर्ण थापाले पनि एउटा घर भित्र गजवले फिल्म सक्काएको भन्दै डेव्यु निर्देशक पाण्डेको तारिफ गरेका थिए । नेपालमा थोरै मात्रै सस्पेन्स क्राइम थ्रिलर जनरामा फिल्म बन्ने भएकाले पनि यस्ता फिल्मलाई प्रोत्साहन गर्नु पर्ने बताए ।