१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको मौसम पुर्वअनुमानः यी स्थानमा भारी वर्षा हुने



अ+ अ-

काठमाडौं । मनसुनी न्यून चापीय रेखा हाल पश्चिममा नेपाल नजिक दक्षिण तर्फ अवस्थित रहेको छ । बिहीबार मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमानमा हाल नेपालमा मनसुनी न्यून चापीय रेखा पश्चिम नेपाल नजिक रहेको जानकारी दिएको हो । महाशाखाका अनुसार हाल देशभर समान्य बदली रही प्रदेस १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा बर्षा भइरहेको छ।

यसैगरी, बिहीबार दिउँसो देशभर सामान्य बदली रही  धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ  । साथै, गण्डकी प्रदेश ,प्रदेश नं ५ , कर्णाली प्रदेश,    र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ । यस्तै, राति देशभर सामान्य  वदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भने, प्रदेश नं १, बाग्मति प्रदेश, गण्डकी प्रदेश,  र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।