२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकको ओरालो यात्रा कायम, ५४ अङ्कको गिरावट



अ+ अ-

काठमाडौँ । गत हप्ता निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको छ । आज नेप्से परिसूचक ५४ दशमलव ६२ अङ्कले घटेर दुई हजार छ सय १४ दशमलव ६८ को बिन्दुमा कायम भएको हो । यो दुई दशमलव शून्य चार प्रतिशतको गिरावट हो ।

आज तीन सय १७ कम्पनीको एक करोड २३ लाख ७१ हजार दुई सय ८० कित्ता शेयर ७२ हजार दुई सय ६५ पटक खरिद बिक्री हुँदा रू छ अर्ब ३२ करोड एक लाख ४१ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा बैंकिङ समूह एक दशमलव ४७, विकास बैंक दुई दशमलव ४२, वित्त दुई दशमलव ९९, होटल तथा पर्यटन दुई दशमलव २३, जलविद्युत् दुई दशमलव ३३, लगानी दुई दशमलव शून्य पाँच र जीवन बिमा समूह एक दशमलव ८५ प्रतिशतले घटेको छ ।

यसैगरी उत्पादन तथा प्रशोधन एक दशमलव ४६, लघुवित्त दुई दशमलव ३६, म्युचुअल फण्ड शून्य दशमलव ६४, निर्जीवन बिमा दुई दशमलव शून्य सात, व्यापार दुई दशमलव ८५ र अन्य समूह एक दशमलव ७६ प्रतिशतले घटेको छ ।

कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी आठ दशमलव ७२ प्रतिशतले बढेको छ । बढी घट्नेमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू ४२ करोड छ लाख ३४ हजार नौ सय ८१ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी घलेम्दी हाइड्रो लिमिटेडको चार लाख ५४ हजार तीन सय ७१ कित्ता शेयर किनबेच भएको छ ।




भर्खरै