२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पती छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट निर्माणमा योजना आयोगको अधिकार कटौति गरिएको विषय सही होइनः अर्थमन्त्री पौडेल



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तदायित्व (पहिलो संशोधन) विधेयकमार्फत बजेट निर्माणमा अर्थ मन्त्रालय हाबी हुन खोजेको भन्ने टिप्पणीमा कुनै सत्यता नभएको बताउनुभएको छ ।

सभाको आईतवारको बैठकमा बोल्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले बजेट निर्माणका क्रममा विधेयकमार्फत योजना आयोगको अधिकार कटौति नगरिएको समेत स्पष्ट पार्नुभयो । बजेट निर्माणको नेतृत्व अर्थ मन्त्रालयले गरेपनि सबै मन्त्रालयहरुका आआफ्नै परिभाषित जिम्मेवारी रहेको बताउनु भयो । उहाँले बजेटको सिलिङअनुसार कसरि बजेट विनियोजन गर्ने भन्ने विषयमा अर्थ मन्त्रालयले नभई सम्बन्धीत मन्त्रालय आफैंले गृहकार्य गर्ने जिकिर गर्नुभयो । बजेटलाई योजना आयोग, अर्थ मन्त्रालय र सम्बन्धीत मन्त्रालयका बीचमा पारस्परिक समन्वयका अन्तिम रुप दिनेगरी विधेयक ल्याइएको उहाँको दाबी छ ।

उहाँले भन्नुभयो, ‘बजेट निर्माणका क्रममा विधेयकमार्फत योजना आयोगको अधिकार कटौति गरिएको विषय सही होइन । बजेट निर्माणको नेतृत्व अर्थ मन्त्रालयले गर्ने कुरा कुनै अलमलको विषय होइन । हरेक मन्त्रालयका आआफ्ना परिभाषित जिम्मेवारी छन् । ति जिम्मेवारीभित्र रहेर सबैले काम गर्छन । बजेट अर्थ मन्त्रालयले मात्रै निर्माण गर्छ भन्ने होइन । बजेटको सिलिङअनुसार कसरि बजेट विनियोजन गर्ने भन्ने विषयमा सम्बन्धीत मन्त्रालय आफैंले गृहकार्य गर्छन् । र त्यसलाई योजना आयोग, अर्थ मन्त्रालय र सम्बन्धीत मन्त्रालयका बीचमा पारस्परिक समन्वयका बीच हामी अन्तिम रुप दिन्छौं । यो बजेट निर्माणको विधि हो । यसमा अर्थ मन्त्रालय हाबी हँुदैन ।’

बजेट निर्माणका क्रममा अर्थ मन्त्रालय आफ्ना सीमाभित्र रहेर काम गर्ने उहाँको भनाइ छ ।




भर्खरै