१९ असार २०८३, शुक्रबार
,
Latest
ट्रम्पको नाटोमाथि प्रहार, ‘एकतर्फी र हास्यास्पद सम्बन्ध अब स्वीकार्य छैन’ आज पनि बढ्यो सुनचाँदीको मूल्य स्विट्जरल्यान्ड अन्तिम १६ मा, अल्जेरियाको यात्रा राउण्ड अफ ३२ मै समाप्त एक महिनमा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए आज २५ अर्बको ऋणपत्र जारी हुँदै कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न विभागकाे निर्देशन खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज श्रीकृष्ण जन्माष्टमी, भक्तालु पूजा गर्न नपाएकोमा दुखि



अ+ अ-

काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी अर्थात भगवान कृष्णको जन्मदिन । 

देशभर भगवान श्रीकृष्णको पूजा–आजा गरी श्रीकृष्ण जन्माष्टमी मनाइदैछ । द्धापर युगमा पिता वासुदेव र माता देवकीको कोखबाट भाद्र कृष्ण अष्टमीको दिन (आज) भगवान श्री कृष्णको जन्म भएको थियो । त्यसैले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भन्ने गरिन्छ । संसारभरका हिन्दु धर्मावलम्बी र भवगन श्री कृष्णका भक्तहरुले आज जन्मदिवस मनाउँदैछन् । नेपालमा पनि देशभरका कृष्ण मन्दिरहरुमा भक्तालुहरु पुगेर पूजा आजा गर्ने गर्दछन् । ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिरमा पनि आजको दिन विशेष पूजा गर्ने गरिन्छ । तर काभिड १९ संक्रमणको जोखिमलाई ध्यान दिएर यसवर्ष पाटनस्थित कृष्ण मन्दिर बन्द गरिएको छ । मन्दिरका पूजारी महेशर्धम राजोपाध्यायले मन्दिर भित्र प्रवेश रोक लगाइएको र बाहिर बाटै मन्दिरको दर्शन गर्ने व्यवस्था मिलाइएको बताउनुभयो ।

यसदिन महिलाहरु व्रत बसी भगवान श्रीकृष्णको आराधना गर्ने प्रचलन पनि रहेको छ । मन्दिरमा पूजा–आराधना गर्न पुगेका भक्तालुहरु भने पूजा गर्न नपाएकोमा दुखि भएको बताएका छन् । सधैं मेला लाग्ने मन्दिरमा यसवर्ष पूजा गर्न नपाउँदा नरमाइलो लागेको भक्तजनहरुले बताएका छन् ।

कृष्ण जन्माष्टमीको दिन मुलुकभर रहेका श्रीकृष्ण मन्दिरहरुमा पूजा–आराधना, भजनकीर्तन र मेला लाग्ने भएपनि यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण चहलपहल छैन । गोविन्द, कान्हा, कन्हैया, काले, मुरलीमनोहर, श्यामसुन्दर, मखनचोर लगायतका धेरै नामबाट पुकारिएका भगवान श्रीकृष्णलाई जगतका सम्पूर्ण घटनाको मुख्य सर्जकका रुपमा पनि लिने गरिन्छ । पौराणिक कथन अनुसार अन्याय, अत्याचारबाट मानवको रक्षा गर्न भगवान विष्णुको आठौं अवतारका रुपमा भगवान श्रीकृष्णको जन्म भएको विश्वास पनि गरिन्छ ।