१९ असार २०८३, शुक्रबार
,
Latest
आज पनि बढ्यो सुनचाँदीको मूल्य स्विट्जरल्यान्ड अन्तिम १६ मा, अल्जेरियाको यात्रा राउण्ड अफ ३२ मै समाप्त एक महिनमा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए आज २५ अर्बको ऋणपत्र जारी हुँदै कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न विभागकाे निर्देशन खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मृत्यु भएका अस्पतालका सुरक्षा गार्डमा कोरोना संक्रमण पुष्टि



अ+ अ-

जनकपुरधाम । कोरोना संक्रमणका कारण धनुषामा एक सुरक्षा गार्डको मृत्यु भएको छ । जिल्लाको जनकपुरधाम (२ कदम चोकस्थित विद्यानगरमा रहेको विनय तारा फाउण्डेशन अस्पतालको सुरक्षा गार्डको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।   

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका उनको शनिबार राति मृत्यु भएको थियो । जनकपुरधाम उप–महानगरपालिका( २ स्थित बिनयतारा फाउडेशन क्यान्सर अस्पतालमा गार्डको काम गर्दै आएका धनुषाको मिथिला बिहारी नगरपालिका ५ ललिया बस्ने पुरुषको रिपोर्ट पोजिटिभ आएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए।

आइतबार मृत्यु भएको उनलाई कोरोनाको लक्षण आशंका गरिएको थियो । मृत्युपछि गरिएको स्वाब परीक्षणमा कोरोना पोजिटिभ देखिएको हो । धनुषाका प्रमुख जिल्ला अधिकारी भट्टराईले उनमा कोरोनाको पुष्टि भएको र सो क्षेत्रमा कन्टयाक्ट ट्रयासिङ सुरु गरिएको बताए ।