२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना कहरः डिस्चार्ज हुनेको संख्या थोरै, संक्रमितको संख्या बढ्दै



अ+ अ-

काठमाडौं । कोरोना भाइरस संक्रमणदर डिस्चार्ज हुनेको तुलनामा दिन प्रतिदिन बढ्दै गएको गएको छ । पछिल्लो एक सातामा २ हजार ६ सय ४० संक्रमित थपिएकामा डिस्चार्ज हुनेको संख्या भने १ हजार ७ सय ५० मा रहेको छ । पछिल्लो एक सातामा ५२ हजार ५ सय ३४ जनाको कोरोना परीक्षण गर्दा २ हजार ६ सय ४० संक्रमित थपिएका हुन् । गत सोमबार ४ सय १८ जना, मंगलबार २ सय ५९ जना, बुधबार ३ सय ८१ जना, बिहीबार ३ सय ६० जना, शुक्रबार ४ सय ६४ जना, शनिबार ३ सय ७८ जना र हिजो आइतबार ३ सय ८० संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ । संक्रमितमध्ये हालसम्म १६ हजार ३ सय ५३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सक्रिय संक्रमितको संख्या ६ हजार ५ सय ४४ रहेको छ । हाल देशभर ११ हजार ३८ जना क्वारेन्टिनमा बसेका छन् । संक्रमितमध्ये हालसम्म ७५ जनाको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत सोमबार ३ सय ५८, मंगलबार ६५, बुधबार १ सय ३० जना डिस्चार्ज भएका थिए । यस्तै, गत बिहीबार २ सय ३३, शुक्रबार ४ सय २५, शनिबार ४ सय ९९ र आइतबार ४० जना डिस्चार्ज भएका छन् । पर्सा, कास्की, काठमाडौं मोरङलगायतका जिल्ला संक्रमणको दृष्टिकोणले थप जोखिममा छन् ।

यस्तै, आइतबार काठमाडौं उपत्यकामा ९२ जना कोरोना संक्रमित थपिएका छन् । आइतबार काठमाडौंमा ९० र ललितपुरमा २ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, काठमाडौं उपत्यकामा संक्रमितको संख्या १ हजार ६ सय ३६ पुगेको छ । काठमाडौंमा ९ सय १२, ललितपुरमा १ सय ३९ र भक्तपुरमा ८५ संक्रमित पुष्टि भएका छन् । यसैबीच, कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी भूमिका निर्वाह नगरेको भन्दै २३ दिनदेखि आमरण अनशनमा बसेका ‘इनफ इज इनफ’ का अभियन्ता ईःले २३औं दिन आइतबार अनशन तोडेका छन् ।

कोरोनाविरुद्ध लड्न सरकार गम्भीर बन्ने १३ बुँदे लिखित सम्झौता भएपछि उनले अनशन तोडेका हुन् । सम्झौतापत्रमा परीक्षणदर तीव्र रूपमा अघि बढाइने, पिसिआर परीक्षणको नतिजा यथाशीघ्र उपलब्ध गराउने, स्वास्थ्य सामग्री खरिद प्रक्रिया पारदर्शी बनाउनेलगायतका विषय उल्लेख छ । राजधानी दैनिक