२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा कोरोना संक्रमित बढ्दो, आइसोलेसन सेन्टर व्यवस्थापनमा बल्ल जुट्यो स्वास्थ्य मन्त्रालय



अ+ अ-

काठमाडौँ । उपत्यकामा कोरोना संक्रमण भयावह हुन थालेपछि बल्ल स्वास्थ्य मन्त्रालय आइसोलेसन सेन्टर व्यवस्थापनमा जुटेको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा दिनमा एक सय जनाभन्दा बढी संक्रमित देखिएपछि आइसोलेसनका लागि खाली भवन खोज्न थालिएको हो । मन्त्रालय सहायक प्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार पहिला तोकिएका आइसोलेसन भरिएपछि कीर्तिपुरको आयुर्वेद अस्पतालमा क्षमता विस्तार गरेर दुई सय शय्या तयार गरिएको छ ।

त्यहाँ चार दिनअघिसम्म २० जना मात्रै संक्रमित राख्ने गरिएको थियो । ‘यो पनि भरियो भने वरिपरिका अरू खाली भवनमा समेत बेड व्यवस्था गरेर संक्रमित राख्ने योजना छ,’ डा. अधिकारीले भने । आयुर्वेद अस्पतालको कोरोना संक्रमित व्यवस्थापन टोलीका संयोजक डा। जितेन्द्र श्रेष्ठका अनुसार कीर्तिपुर नगरपालिकाले क्वारेन्टाइन बनाएको भवनमा आइसोलेसन बनाइएको हो । क्वारेन्टाइन खाली हुनेबित्तिकै वाईफाई, पानी, बत्तीको व्यवस्था गरेर लक्षण नभएका संक्रमितलाई आइसोलेसनमा राख्ने प्रबन्ध मिलाइएको थियो ।

तीनतले भवनको पहिलो र दोस्रो तलामा संक्रमितलाई राखिएको छ । भवनमा महिलाका लागि ४ वटा र पुरुषका लागि ८ वटा मात्रै शौचालय छन् । कार्यालय प्रयोजनका लागि बनाइएको यो भवनमा बाथरुम एउटा पनि छैन । डा। श्रेष्ठले आइतबार राति ९ बजेसम्म १ सय १६ जना संक्रमित भर्ना भएको जानकारी दिए । ‘२० जना संक्रमित व्यवस्थापन गर्ने कर्मचारीले एक सयभन्दा बढीलाई व्यवस्थापन गरिरहेका छौं । संक्रमित आउने क्रम जारी छ,’ उनले भने ।

आयुर्वेद अस्पताल वरिपरि खाली भवन खोजेर थप आठ सय जना व्यवस्थापन गर्ने योजना स्वास्थ्य मन्त्रालयको छ । मनमोहन अस्पतालले मेडिकल कलेजका लागि तयार गरेको इचंगुनारायणको भवनमा पनि दुई सय जना व्यवस्थापन गर्ने तयारी छ । ‘कीर्तिपुर र मनमोहनको भवन पनि भरिए खरिपाटीको विद्युत् प्राधिकरणको भवनलाई प्रयोग गर्ने योजना छ,’ मन्त्रालयका सहायक प्रवक्ता डा. अधिकारीले भने ।

मन्त्रालयले यसअघि नै कोरोना संक्रमितलाई उपचार गर्न तोकेका बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा १ सय २०, पाटन अस्पतालमा ६०, केएमसीमा १ सय शय्या, टेकुमा ५४ शय्या छन् । ती सबै संक्रमितले भरिएपछि सेना र प्रहरी अस्पतालमा राख्ने निर्णय गरेको थियो । यी दुई अस्पताललाई असार २१ को मन्त्रीस्तरीय बैठकले लेभल २ मा समावेश गरेको थियो । तर, सैनिक अस्पतालले संक्रमित सेना र प्रहरीले संक्रमित प्रहरीलाई मात्रै भर्ना गर्ने भनेपछि मन्त्रालयले अर्को विकल्प अघि सारेको हो ।

सरकारी अस्पतालले मात्रै सम्भव नभए ठूला हब अस्पताल र स्याटलाइट अस्पताललाई पनि तयारी अवस्थामा राख्न छलफल भइरहेको डा। अधिकारीले बताए । धुलिखेल, सिभिल, वीर, पाटन, टिचिङ र आर्मी हब अस्पताल हुन् । यी अस्पतालको मातहतमा रहेका स्याटलाइट अस्पतालबाट संक्रमितको कसरी व्यवस्थापन गर्न सकिन्छ, योजना बनाएर ल्याउन मन्त्रालयले निर्देशन दिइसकेको छ । कान्तिपुर दैनिक