२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

औषधि गुणस्तर अध्ययनः सिटामोल पनि गुणस्तरहीन



अ+ अ-

काठमाडौं । स्वास्थ्य संस्थाहरुबाट वितरण गरिने अति आवश्यक औषधिको गुणस्तर अध्ययन गर्दा ३७ वटा ब्याच उचित गुणस्तरको नभएको पाइएको छ जसमा ज्वरो आउँदा सेवन गर्ने सिटामोल पनि छ । कुल ६२ स्वास्थ्य संस्थाहरु र पाँच क्षेत्रीय मेडिकल स्टोरले गरेको अध्ययनले यो नतिजा निकालेको हो । प्रतिवदेनमा कुल ६२ स्वास्थ्य संस्था पनि संलग्न थिए । यस अध्ययनले १७ वटा जिल्ला अस्पताल, तीनवटा अञ्चल अस्पताल, एक क्षेत्रीय अस्पताल, २१ वटा प्राथमिक स्वास्थ्य केन्द्र र २० वटा स्वास्थ्य चौकीहरु समेटिएका छन् ।

‘२० प्रकारका औषधिहरुको कुल २४४ ब्याच ल्याबमा टेस्ट गर्दा, २३ वटा नेपाल सरकारद्वारा वितरण भएका ब्याच र १४ वटा ब्याच स्वास्थ्य संस्थाहरुमा अन्य स्रोतबाट आएका छन्’ –प्रतिवेदनमा भनिएको छ । यस अध्ययनमा स्वास्थ्य संस्था तथा क्षेत्रीय मेडिकल स्टोरहरुबाट २० प्रकारका औषधिको कुल ४४ ब्याचहरु संकलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा गुणस्तर परीक्षणका लागि पठाइएको थियो । प्रतिवदेदनअनुसार, संकलन गरिएका २० प्रकारका औषधिमध्ये सात प्रकारका औषधिहरु गुणस्तरमा फेल भएका छन् ।

गुणस्तर फेल भएका औषधिमा सिप्रोफ्लोक्सिन हाइडोक्लोरायड आँखा र कानमा हाल्ने झोल, आइरन एप्लिमेन्ट्स ट्याब्लेट, मेट्रोनिडेजोल, प्यारासिटामल पेडियाट्रिक ओरल सस्पेन्सनलगायत छन् । गुणस्तरीय नदेखिएको प्यारासिटामलको ब्याच ३ रहेको जनाइएको छ । यस औषधिको आपूर्तिकर्ता नेपाल सरकार रहेको प्रतिवेदनमा जनाइएको छ । यसै गरी स्थानीय स्रोतबाट आपूर्ति गरिएको प्यारासिटामल– ब्याच ३ को पनि गुणस्तर फेल रहेको बताइएको छ ।

औषधि भण्डारण गर्दा स्वास्थ्य संस्थाहरुले अपनाउनुपर्ने आधारभूत मापदण्डमा ख्याल नगरेका कारण पनि औषधिको गुणस्तर ह«ास भएको हुन सक्ने बताइएको छ । औषधिलाई सूर्यको प्रत्यक्ष किरणबाट जोगाउनुपर्ने, ओसमा पर्न दिन नहुने, अधिक तापले पनि क्षति पुर्याउने, भण्डार कोठामा हावा आवतजावतको राम्रो व्यवस्था भएको हुनुपर्ने, औषधि भण्डार कोठामा प¥र्याप्त सरसफाइको आवश्यकता नपुगेका कारण पनि औषधिहरु काम नलाग्ने भएको प्रतिवेदनमा जनाइएको छ ।

कुल ६२ मध्ये, ८ (१३ प्रतिशत) स्वास्थ्य संस्थाहरु र ३ क्षेत्रीय मेडिकल स्टोरहरुले मात्र पूर्णरुपमा औषधि भण्डारण निर्देशिका पालना गरेको पाइएको छ । औषधि भण्डार कोठाको तापक्रम १५ डिग्री सेन्टिग्रेडदेखि २५ डिग्री सेन्टीग्रेड हुनुपर्नेमा स्वास्थ्य संस्थाहरुमा १९ डिग्री सेन्टिग्रेडदेखि ३७ डिग्री सेन्टिग्रेड र क्षेत्रीय मेडिकल स्टोरहरुमा ३० देखि ३७ डिग्री सेन्टिग्रेडसम्म तापक्रम तथ्यांक संकलनको बेलामा मापन भएको पनि प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार औषधि भण्डार कोठाको आद्रता ६० प्रतिशतभन्दा कम हुनुपर्नेमा तथ्यांक संकलनको बेलामा स्वास्थ्य संस्थाहरुमा ४० प्रतिशतदेखि ८६ प्रतिशत र क्षेत्रीय मेडिकल स्टोरहरुमा ६१ प्रतिशतदेखि ७७ प्रतिशतसम्म आद्रता मापन भएको थियो । नेपाल समाचारपत्र दैनिक