६ असार २०८३, शनिबार
,
Latest
‘लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक छ’ बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन (फोटो फिचर) लागुऔषधसहित २३ जना पक्राउ जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै दलहरुले आफूलाई सुधार गर्दै परिवर्तनका बाँकी काम पूरा गर्नुपर्छः जनार्दन शर्मा



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले सबै दलहरुले आफूलाई सुधार गर्दै परिवर्तनका बाँकी काम पूरा गर्ने जिम्मेवारी लिनुपर्ने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निरन्तर सुधारको बाटोबाट मात्रै परिवर्तनको बाँकी काम पूरा हुने दाबी गर्नुभयो । उहाँले राजनीतिक दलहरुले पनि आफ्ना व्यवाहार सुधार गर्दै अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले जनताले राजनीतिक दलहरुबाट सुधार मागिरहेको भन्दै हरेक क्षेत्रमा सुधार गर्ने प्रतिवद्धता जनाउनुपर्ने बताउनु भयो ।

उहाँले आफ्ना कमजोरीको आत्मलोचनासहित जनताको भावनालाई सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘परिवर्तनको वाहक नेकपा माओवादी पार्टी र सबै दलहरुले आफूलाई सुधार्दै, सच्याउँदै परिवर्तनको बाँकी काम पूरा गर्ने जिम्मेवारी लिनुपर्छ । निरन्तर सुधारको बाटोबाट मात्रै यो सम्भव छ । जनताले आज हामीबाट सुधार मागिरहेका छन् । सुधार खोजिरहेका छन् । हरेक क्षेत्रमा सुधार गर्ने प्रतिवद्धता र आफ्ना कमजोरीको आत्मलोचना गर्दै जनताको भावनालाई सम्बोधन गर्नुपर्ने आवश्यकता छ । आज हाम्रा बिरुद्ध वा परिवर्तनका बिरुद्ध, गणतन्त्रकाबिरुद्ध जस्तो देखिए पनि यि गणतन्त्रका बिरोधी छन् जस्तो मलाई लाग्दैन । सिमित सामन्तवादका केही अवशेषहरु मात्रै हुन् ।’

आन्दोलनकारीहरुको माग, भावनालाई सम्बोधन गर्नुपर्ने बताउनु भयो । संघीय लोकतन्त्र बिथोल्न हिंसा र अराजकता फैल्याउने काम भइरहेको भन्दै त्यसप्रति गम्भीर हुनुपर्ने बताउनु भयो ।