२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोखिमको ग्राफ उचालिँदो, संक्रमित र मृतकको सख्या तीव्र बन्दै



अ+ अ-

काठमाडौं । लकडाउन अन्त्य भएयता कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । यो अवस्थाले आगामी दिन निकै चुनौतीपूर्ण र जोखिमपूर्ण हुन सक्ने देखिएको छ । पछिल्लो ३६ दिनयता शुक्रबार मात्रै सबैभन्दा धेरै ४ सय ६४ जना संक्रमित थपिएका छन् । शुक्रबार मात्रै थप ५ जनाको मृत्यु भएको छ । मृतकको उमेर समूह अधिकांशको ४० देखि ६० वर्ष छ ।

पछिल्लो एक साताको अवधिलाई आधार मान्दा दैनिक ३ सय ४९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ ।

गत ७ साउनदेखि सरकारले लकडाउन अन्त्य गरेको थियो । लकडाउन अन्त्य भएयता थप ४ हजार १ सय १९ जनालाई संक्रमण देखिएको छ । यस्तै, लकडाउन अन्त्य भएयता संक्रमित २७ जनाको मृत्यु गएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित ७० जनाको मृत्यु भएको छ ।

यस्तै, शुक्रबार काठमाडौं उपत्यकामा १ सय ६ जना कोरोना संक्रमित थपिएका छन् । यो हालसम्मकै संक्रमित थपिनेहरूको उच्च संख्या हो । काठमाडौंमा मात्रै शुक्रबार ९२, ललितपुरमा १० र भक्तपुरमा ४ जना संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौंमा कुल संक्रमितको संख्या ९ सय ८२ पुगेको छ ।

काठमाडौंमा ७ सय ६६, ललितपुरमा १ सय ३४ र भक्तपुरमा ८२ संक्रमित पुष्टि भएका छन् । देशैभर शुक्रबार ४ सय २५ जना उपचारपछि निको भई डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म १५ हजार ८ सय १४ जना उपचारपछि निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म ४ लाख २७ हजार ५सय एक जनाको आरटी–पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ ।

पछिल्लो समय श्वास प्रश्वासका समस्या, उच्च ज्वरो, पखालालगायतका लक्षणसहितका संक्रमित अस्पताल पुग्ने गरेका छन् । हेलचेक््रयाइँले संक्रमितको संख्या बढ्दै गएको भन्दै स्वयं व्यक्ति सचेत र सजग रहन चिकित्सकहरूले सुझाव दिएका छन् ।

मुख्यतः व्यक्ति व्यक्तिबीच भौतिक दूरी कायम नहुँदा र मास्कको उचित प्रयोग नगरिँदा जोखिम बढेको चिकित्सकहरू बताउँछन् । सरकारले लकडाउन अन्त्य गरे पनि संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङमा हेलचेक्याइँ गर्दै आएको छ ।

विभिन्न जिल्लाबाट काठमाडौं भित्रिनेहरूको ट्रेसिङ गरिएको छैन । काठमाडौं उपत्यकामा विभिन्न नाकाबाट भित्रिनेहरू बढ्दै गए पनि उनीहरू सबैको कोरोना परीक्षण गरिएको छैन । शुक्रबार काठमाडौं आइपुगेका सिन्धुपाल्चोकका रवीन खतिवडाले भने, ‘म काठमाडौं आइपुगें । मेरो साथीलाई कोरोना संक्रमण देखिएको थियो । म उसको नजिक थिएँ तर मेरो कोरोना परीक्षण गर्न अस्पतालले आनाकानी ग¥यो ।’

हाल देशभर १० हजार २ सय ७ जना क्वारेन्टिनमा बसेका छन् । सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ३० रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । केही दिनयता समूह समूहमा संक्रमण देखिन थालेको छ । लकडाउन अन्त्यपछि भारतबाट नेपाल फर्केकाहरू कोरोना परीक्षण नै नगराई धमाधम घर फर्किन थालेको पाइएको छ । जोखिम बढ्नुको मुख्य कारण यो पनि रहेको चिकित्सकको भनाइ छ ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।