२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछाने आजदेखि पार्टीको जिम्मेवारीमा फर्किए



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आजदेखि पार्टीको जिम्मेवारीमा फर्किएका छन् । सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणसमेत मुद्दामा गत कात्तिक २ गते पक्राउ परेपछि उनी पार्टीको भूमिकामा निष्क्रिय थिए ।

रास्वपाको आज बस्ने केन्द्रीय समितिको बैठकको दोस्रो सत्रको सभापतित्व सभापति लामिछानेले नै गर्ने भएका छन् । बैठक दिउँसो ३ बजे पार्टी कार्यालयमा बस्ने छ । लामिछाने निस्कृय हुँदा उपसभापति डोलप्रसाद अर्याल (डिपी) लाई कार्यवाहक सभापति तोकिएको थियो ।

रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले आजको केन्द्रीय समितिको बैठकबाटै सभापति लामिछाने नियमित जिम्मेवारीमा फर्किन लागेको जानकारी दिएका छन् ।

उनका अनुसार आजको केन्द्रीय समितिको पहिलो बैठक कार्यवाहक सभापति अर्यालकै अध्यक्षतामा बस्नेछ । त्यो बैठकमा उनले पद हस्तान्तरण र धन्यवाद ज्ञापन गर्नेछन् ।

लामिछानेले अध्यक्षता गर्ने दोस्रो बैठकमा पार्टी र सदनको गतिविधिबारे तथा सदस्यहरूबाट आआफ्नो संक्षिप्त रिपोर्टिङ गर्ने कार्यसूची छ ।

त्यस्तै लिडरसिप एकेडेमीको फ्लो चार्ट, जनयात्रा कार्यक्रमबारे छलफल हुनेछ ।

त्यस्तै पार्टीको राजनीतिक प्रतिवेदनमा आधारित देशव्यापी जागरण र बहस र अधिवेशन/महाधिवेशन कार्यतालिकाबारे सघन छलफल हुने बताइएको छ ।