२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पती छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः चेन्नईलाई हराउँदै राजस्थानले जितको खाता खोल्यो



अ+ अ-

काठमाडौँ । वानिन्दु हसरंगाको घातक बलिङको मद्दतमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई ६ रनले पराजित गर्दै आईपीएलमा जितको खाता खोलेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १८२ रन बनाएको थियो । जवाफमा चेन्नईले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७६ रन मात्रै बनाउन सक्यो । उसका लागि ऋतुराज गायकवाडले सर्वाधिक ६३ रन बनाए ।

लक्ष्य पछ्याउँदा सीएसकेको सुरुवात खराब रह्यो । उसलाई पहिलो ओभरमा जोफ्रा आर्चरले पहिलो झट्का दिए । उनले रचिन रविन्द्रलाई आफ्नो शिकार बनाए । रचिनले खाता पनि खोल्न सकेनन् । यसपछि राहुल त्रिपाठी र कप्तान ऋतुराज गायकवाडले जिम्मेवारी सम्हालेका थिए ।

यी दुईबीच दोस्रो विकेटका लागि ३९ बलमा ४६ रनको साझेदारी भयो । त्रिपाठी २३ रन बनाएर आउट भए भने गायकवाडले ४४ बलमा ६३ रन बनाए । उनका अलावा शिवम दुबेले १८ रन, विजय शंकरले ९ रन, महेन्द्र सिंह धोनीले १६ रन बनाए ।

अन्तिम ओभरमा सन्दीप शर्माले पूर्व कप्तानलाई शिमरोन हेटमायरबाट क्याच आउट गराए । रविन्द्र जडेजा र जेमी ओभरटन क्रमशः ३२ र ११ रनमा अविजित रहे । यस खेलमा राजस्थानका वानिन्दु हसरंगाले ४ विकेट लिए । उनी बाहेक जोफ्रा आर्चर र सन्दीप शर्माले एक–एक सफलता हात पारे ।

राजस्थानले झट्काका साथ इनिङ सुरु गर्यो । यशस्वी जैसवाल (४ रन) लाई पहिलो ओभरमा खलिल अहमदले अश्विनको हातमा क्याच आउट गराए । तर, त्यसपछि तेस्रोक्रममा आएका नितिश राणाले जिम्मेवारी सम्हाले ।

उनले ओपनर सञ्जु सामसनसँग दोस्रो विकेटका लागि ८२ रनको साझेदारी गरे र चेन्नईविरुद्धको पावरप्लेमा तेस्रो सर्वाधिक स्कोरर बने । पावरप्लेमा राजस्थानले ७९/१ रन बनाएको थियो ।

इम्प्याक्ट प्लेयरका रुपमा आएका सञ्जु सामसन १६ बलमा २० रन बनाएर आउट भए । उनलाई नूर अहमदले प्याभिलियनको बाटो देखाए । यसपछि नितिशलाई रियान परागको साथ मिलेको थियो । यी दुईबीच २४ बलमा ३८ रनको साझेदारी भएको थियो ।

यस क्रममा बायाँ हाते ब्याट्सम्यान नितिशले २१ बलमा आफ्नो १९ औं अर्धशतक पूरा गरे । उनी ३६ बलमा ८१ रन बनाएर आउट भए । धोनीले उनलाई स्टम्प गरेका थिए । १२४ रनमा तीन विकेट गुमाएपछि राजस्थानको इनिङ्स खस्कियो ।

एक छेउमा उभिएका कप्तान रियान परागले शिमरोन हेटमायरको साथ पाए पनि यो साझेदारी २६ रन मात्रै बन्यो ।

परागलाई पाथिरानाले बोल्ड गरे । उनले २ चौका र २ छक्का प्रहार गर्दै ३७ रन बनाउन सफल भए । उक्त खेलमा ध्रुव जुरेलले तीन, वानिन्दु हसरंगाले चार र कुमार कार्तिकेयले एक रन बनाए ।

महिष तिक्षाणा र तुषार देशपाण्डे क्रमशः दुई र एक रन बनाएर अविजित रहे । जोफ्रा आर्चरले खाता पनि खोल्न सकेनन् । चेन्नईका तर्फबाट खलिल अहमद, नुर अहमद र मथिशा पथिरानाले दुई–दुई विकेट लिए भने आर अश्विन र रविन्द्र जडेजाले एक–एक विकेट लिए ।

चालू प्रतियोगितामा तीन खेलमा राजस्थानको यो पहिलो जित हो । अर्कोतर्फ चेन्नईको यो लगातार दोस्रो हार हो । जितसँगै राजस्थान अंक तालिकाको नवौं स्थानमा पुगेको छ । जबकि, चेन्नई सातौं स्थानमा छ। रोयस ल्यालेन्जर्स बैंगलोर चार अंक र नेट रन रेट २.२२६ का साथ शीर्षस्थानमा छ ।




भर्खरै