२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनएसएलः चितवनले पोखरालाई हरायो



अ+ अ-

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा चितवन एफसीले जित हासिल गरेको छ ।

त्रिपुरेश्वोरस्थित दशरथ रङ्गशालामा भएको खेलमा चितवन पोखरा थन्डर्सलाई २–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । चितवनको जितमा नोडिर माभलोनोभ र निरज चौधरीले समान एक–एक गोल गरे ।

चितवनका माभलोनोभले खेलको १५औँ मिनेटमा गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । यस्तै, खेलको दोस्रो हाफको अतिरिक्त समयमा नीरज चौधरीले गोल गरे । यस जितसँगै चितवनले ३ अङ्क जोड्यो ।

जारी सिजनमा जित निकाल्ने चितवन पहिलो टिम हो । यसअघि भएका दुई खेल बराबरीमा सकिएका थिए । आज बुटवल लुम्बिनी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।