२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहत बोकेर नेपाली सेनाको विमान आज म्यानमार जाँदै



अ+ अ-

काठमाडौं । गत शुक्रबार गएको शक्तिशाली भूकम्पमा ठूलो जनधनको क्षति पुगेको दक्षिणपूर्वी मुलुक म्यानमारमा नेपालका तर्फबाट मेडिकल राहतसहित नेपाली सेनाको जहाज आज बंगलादेश हुँदै त्यसतर्फ जाने भएको छ ।

भूकम्पमा २७ सयभन्दा बढी मानिसको ज्यान गएको छ भने ४५ सयभन्दा बढी घाइते भएका छन् । म्यानमारको मध्यक्षेत्रमा ७.७ म्याग्निच्यूडको विनाशकारी भूकम्प गएको थियो ।

उनीहरुलाई सहयोग गर्न नेपाली सेनाको विमान त्यसतर्फ जान लागेको हो । टर्बोप्रोप इन्जिन भएको सेनाको सीएन–२३५ विमान राहत बोकेर म्यानमार जाने तयारीमा छ । म्यानमानर जाने हवाई रुटअन्तर्गत पर्ने केही मुलुकका आकाशको उडान अनुमति तथा भिसा प्राप्तिको केही काम मात्र बाँकी रहेको बताइएको छ । म्यानमारमा नेपाली सेनाको जहाज पहिलोपटक जान लागेको हो ।

छिमेकी मुलुकहरुमा आइपर्ने प्राकृतिक विपतमा सेनाको जहाज परिचालन भएको पनि सम्भवत: पहिलोपटक हो । त्यसमाथि म्यानमार त पहिलो उडान हुन लागेको हो । म्यानमारमा रहेका केही नेपाली भाषी समुदाय पनि रहेकाले पनि सैनिक उडानबाट मेडिकल टिम र सेनाका उद्धारविज्ञहरुसहित १६ जनालाई पठाउन लागिएको सेनाले जनाएको छ ।

कूटनैतिक उडानका रुपमा सेनाको जहाजलाई मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि अनुमति जारी गरिसकेको छ । यो उडानमा सेनाका पाइलट सहायक रथी रामसुन्दर बोहोरासहित ५ जना चालकदलको टोली म्यानमार जाँदै छ । जहाजमा १६ जनामध्ये १२ जना सेनाकै मेडिकल टोली रहेका छन् । यो विमान बिहीबार नेपाल फर्किने छ । तर सैनिक मेडिकल र अरु उद्धारकर्मीहरु त्यही रहने छन् ।

यो टोली कम्तिमा ६ दिन म्यानमारमा उद्धार तथा घाइतेहरुको उपचारमा खटिने छ ।