२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पती छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनकुने घटना: जसले प्रदर्शन गरेको हो,उही जिम्मेवार हुन्छ: पूर्वराजाको सचिवालय



अ+ अ-

काठमाडौं । गत शुक्रबार अर्थात चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा भएका हिंसा, तोडफोड, आगजनी तथा लुटपाटको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले नलिने उहाँको सचिवालयले जनाएको छ ।

पूर्वराजा शाहका संवाद सचिव डा. फणिराज पाठकले मंगलबार न्यूज पोलारसँग कुरा गर्दै चैत १५ गतेको प्रदर्शन पूर्वराजा ज्ञानेन्द्रको निर्देशनमा नभएको जिकिर गर्नुभएको हो । ‘जसले प्रदर्शन गरेको हो, उही घटनाको जिम्मेवार हुन्छ’, उहाँले भन्नुभयो ।

तीनकुनेको प्रदर्शन नवराज सुवेदीको संयोजकत्वमा गठित राजसंस्था पुन: स्थापनाका लागि ‘संयुक्त जनआन्दोलन समिति’ले गरेको थियो । जसमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पनि सहभागी थिए ।

डा. पाठकले काठमाडौं महानगरपालिकाले गरेको जरिवाना पनि पूर्वराजाले नतिर्ने बताउनुभएको छ । त्यस दिन गरिएका फोहोर र क्षतिका लागि काठमाडौँ महानगरपालिकाले पूर्वराजा शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोक्दै पत्र लेखिसकेको छ ।

‘त्यस दिन कार्यक्रमका लागि जिल्ला प्रशासनले फलानोलाई स्वीकृति दिने, त्यहीअनुसार कार्यक्रम गर्ने, अनि जिम्मेवारी राजालाई आउने हुन्छ र’, पाठकले भन्नुभयो, ‘त्यस्तो पनि अनुसन्धान हुन्छ र ! उहाँ (काठमाडौँका मेयर) ले रिअलाइज गर्नुहोला, करेक्सन गर्नुहोला। मिस्टेक भयो भने करेक्सन हुन्छ ।’

तीनकुने हिंसाको अघिल्लो दिन पूर्वराजा शाहले दुर्गा प्रसाईंलाई निर्मल निवासमै बोलाएर भेटेको भन्ने आरोपमा भने उहाँले आफूलाई थाहा नभएको बताउनुभयो ।

संवाद सचिव पाठकले फागुन २५ गतेको कार्यक्रम मात्र पूर्वराजा शाहको भएको जिकिर गर्नुभयो । त्यस दिन झन्डै १ महिनाको भ्रमणपछि पोखराबाट फर्किएका पूर्वराजा शाहलाई राप्रपा, राप्रपा नेपाल र दुर्गा प्रसाईं समूहलगायत राजावादीले भव्य स्वागत गर्दै गणतन्त्रविरुद्ध नारा लगाएका थिए ।




भर्खरै