२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘लाज शरणम्’मार्फत् कुपोषणविरुद्ध जागरण चलाएका विकासको कुपोषणकै कारण मृत्यु !



अ+ अ-

काठमाडौं । नेपाली चलचित्र लाज शरणममा कुपोषित बालकको भूमिका निर्वाह गरेका विकास केसीको मृत्यु भएको छ । जाजरकोटका १५ वर्षीय विकासको कुपोषणकै कारण मृत्यु भएको हो ।

उनले कलाकार महेश त्रिपाठी र रेणु योगीको कुपोषित बालकको भूमिकामा अभिनय गरेका छन् ।

वास्तविक जीवनमै कुपोषित बालक विकास, उनका बुवाआमाको भूमिकामा अभिनय गरेका महेश र रेणुको कथानक सन्दर्भ र दृश्यलाई कुमार कट्टेल निर्देशित फिल्मको सबैभन्दा शक्तिशाली प्लट मानिएको छ ।

उनको निधनको खबर थाहा पाएपछि सिंगो ‘लाज शरणम्’ टिम स्तब्ध बनेको छ । सबैभन्दा स्तब्ध महेश र रेणु बनेका छन् जसले चरित्र चित्रणका लागि जाजरकोटमा विकाससँग १ महिना बिताए । यो खबर सुनेपछि अभिनेत्री रेणु गोरखामा फिल्म ‘पहाड’को छायांकनमा थिइन् । विकासको निधनको कुराले उनी भावविह्वल बनिन् ।

रेणु आज काठमाडौं आउनेछिन् । निर्माता तथा कलाकार अर्जुन घिमिरे पाँडेका अनुसार विकासको निधनपछि उनलाई अन्तिम श्रद्धाञ्जली र उनको परिवारलाई साथ दिन आजै जाजरकोट जाने कार्यक्रम छ । निर्देशक कट्टेल, कलाकार पाँडे, त्रिपाठी, योगी त्यसतर्फ जाँदैछन् ।

फिल्मका गीतकार वसन्त उदास विकासको निधनपछि मंगलबार नै जाजरकोट लागेका छन् ।