२४ जेष्ठ २०८३, आईतवार
,
Latest
समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटनामा एक जनाको मृत्यु



अ+ अ-

बनियानी। झापाको झापा गाउँपालिकामा आज बेलुका ट्याक्टरबाट खस्दा एक जनाको मृत्यु भएको छ ।

झापा गाँउपालिका–३ स्थित भित्री सडकखण्डमा झाटीबाट कामाटोलीतर्फ आउँदै गरेको मे १ त ४१०७ नं को ट्याक्टरबाट खसेर सोही स्थानका ६० वर्षीय रमेश हास्दाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापा प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

‘लिप्ट’ मागेर बसेका हास्दा अचानक बेहोस भएर ट्याक्टरबाट खसेर घाइते भएका थिए । स्वास्थ चौकी शरणामतिमा सामान्य उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा आज बेलुका ६ः३० बजे उपचारको क्रममा मृत्यु भएको प्रवक्ता खड्काले बताउनुभयो ।

हास्दाको शव प्रादेशिक अस्पताल भद्रपुरको शवगृहमा परीक्षणका लागि राखिएको छ भने ट्याक्टर धनी एवं चालक झापा–३ का ४८ वर्षीय देवकुमार गणेशलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रासस