१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेमा थप ४ दिन निषेधाज्ञा जारी



अ+ अ-

बाँके । नेपाल भारत सीमा नाका जोडिएको बाँके जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमणका बिरामी थपिँदै जान थालेपछि  बाँकेमा जारी निषेधाज्ञा अवधि बढाइएको छ । कोरोना भाइरस सङ्क्रमणको अवस्था जटिल बन्दै गएपछि आइतबारदेखि लागु निषेधाज्ञा शनिबार राति १२ बजेसम्म थप बढाइएको जिप्रकाले जनाएको छ । 

बाँके जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को आजको बैठकले यही साउन २४ गतेसम्मका लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको  बाँकेका  प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।