२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–भारतबीचको सम्बन्ध सधैं मजबुत र सन्तुलित बनाउनुपर्नेमा उपप्रधानमन्त्री सिंहको जोड



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल–भारतबीचको सम्बन्ध सधैं मजबुत र सन्तुलित बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

गणेशमान सिंह फाउन्डेसनले सोमवार काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पु¥याउनुभएको योगदान’ विषयक गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जुनसुकै पार्टीको सरकार भएपनि दुवै देशको हित हुनेगरी अगाडि बढ्नुपर्ने बताउनु भयो । उपप्रधानमन्त्री सिंहले नेपाल–भारतबीचको सम्बन्ध सुदृढ गर्नुमा भारतीय पूर्वप्रधानमन्त्री चन्द्रशेखरको भुमिका अत्यन्त महत्वपूण रहेको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल–भारतबीचको जुन सम्बन्ध छ । सरकार जेसुकै होस् जसको होस् । भारतमा होस् वा नेपालमा जुनसुकै पार्टीको सरकार होस् । दुवै देशबीचको सम्बन्ध मजबुत र सन्तुलित राख्यौं भने दुवै देशको हित हुन्छ । दुवै देशको हित हुने कुरामा हामी सबैले जोड दिनुपर्छ ।’

गणेशमान सिंह र भारतीय चन्द्रशेखरबीचको सुमधुर सम्बन्ध र चरित्रका कारण नेपाल–भारतबीचको सम्बन्ध सुदृढ हुन पुगेको उहाँको भनाइ छ ।




भर्खरै