२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षा मन्त्रालयद्वारा आन्दोलनरत शिक्षकहरूलाई वार्ताका लागि पुन: आह्वान



अ+ अ-

काठमाडौं । विद्यालय शिक्षा सम्बन्धी कानून संशोधन तथा एकीकरण गर्न बनेको विधेयक, २०८० संसदमा प्रस्तुत भएपछि त्यसविरुद्ध जारी आन्दोलनप्रति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ।

सार्वजनिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूका माग सम्बोधनका लागि मन्त्रालयले वार्ता तथा संवादमार्फत समाधान खोज्न पुन: आग्रह गरेको छ।

यसअघि चैत १२ र १३ गते छलफल तथा परामर्शका लागि मन्त्रालयबाट आह्वान गरिए पनि आन्दोलन कायमै रहेकाले अब चैत १४ गते औपचारिक रूपमा पुन: वार्ता आयोजना गरिएको मन्त्रालयले जानकारी दिएको छ।

शिक्षक महासंघ, विभिन्न संगठन, आन्दोलनरत शिक्षक, सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी प्रतिनिधिहरूलाई सहभागिता जनाउन मन्त्रालयले अनुरोध गरेको छ। मन्त्रालयका प्रवक्ता तथा सहसचिव शिवकुमार सापकोटाद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “समस्या समाधानका लागि खुला संवाद अपरिहार्य भएकोले सबै पक्षलाई वार्तामा सहभागी हुन पुन: आमन्त्रण गरिएको छ।”

मन्त्रालयले शिक्षण–शिक्षण प्रक्रियामा असर नपर्ने गरी शान्तिपूर्ण रूपमा मागहरू प्रस्तुत गर्नुपर्नेमा पनि जोड दिएको छ।