२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटकको रोजाइ बन्दै रामपुरको तालपोखरा



अ+ अ-

रामपुर । गर्मीयाम बढेसँगै तालपोखरामा पर्यटकको चहलपहल बढ्न थालेको छ । रामपुर नगरपालिका–६ स्थित तालपोखरामा यतिबेला घुम्न जाने आन्तरिक पर्यटक आउने जाने क्रम बाक्लिँदै गएको छ ।

तालपोखरामा डुङ्गा सयर गर्ने, पार्क अवलोकन गर्दै फोटो, टिकटक तथा भिडियो बनाएर रमाउने बढेका छन् । रामपुरको बेझाड बजार, किसानबारी बजार, विजयपुरबाट पक्की सडक जोडिएकाले तालपोखरा पर्यटकको गन्तव्यस्थल बनेको हो ।

बिदाका दिन घुम्न आउनेको बाक्लो उपस्थिति रहने गरेको तालपोखरा संरक्षण समिति सदस्य जनक भण्डारी बताउनुुहुन्छ । सडक सुविधाको पहुँच भएपछि तालपोखरा आउन पर्यटकलाई सहज भएको भण्डारीको भनाइ छ । तालमा पाँच वटा डुङ्गा रहेको डुङ्गा चालक भगवान देवकोटाले जानकारी दिनुभयो ।

ताल परिसरको आरामस्थल चिटिक्क पारिएको छ । हाल दैनिकजसो एक सयभन्दा बढी पर्यटक आउने गरेको जनाइएको छ । वर्षायाममा पानी जम्मा हुने सामान्य पोखरीलाई पर्यटकीय विकास गर्ने उद्देश्यले यहाँका स्थानीयले व्यवस्थित ताल निर्माण गरी सञ्चालनमा ल्याएपछि यो क्षेत्र पछिल्लो समय उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको छ । नेपाल सरकारले पनि यस क्षेत्रलाई एक सय पर्यटकीय गन्तस्थलको रूपमा सुचीकृत गरी पर्यटन विकासमा सघाएको छ । रासस