२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुराकीकै कोठामा नक्कली सुन



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौँ । अवैध सुन र चाँदी तस्करी सम्बन्धी सुराकी दिने व्यापारी उमेश श्रेष्ठको बागबजारस्थित कोठाबाट थप एक किलो धातु बरामद भएको छ । उक्त धातुको बाहिरी भागमा सुनको जलप र भित्र चाँदी रहेको छ । महानगरीय प्रहरी परिसर प्रमुख श्याम ज्ञवालीले कोठामा लुकाई राखेको अवस्थामा अवैध धातु बरामद भएको जानकारी दिनुभयो ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गले गत सोमबार कमलादीबाट बरामद गरेको भनिएको १५ किलो अवैध धातु र दुुई थान पेस्तोल काण्डका मुख्य योजनाकार प्रहरी जवान बहादुर कठायतको बयानका आधारमा श्रेष्ठको कोठाबाट उक्त धातु बरामद
भएको हो ।
प्रहरी परिसर प्रमुख ज्ञवालीका अनुसार दरबारमार्ग प्रहरी वृत्तका सवारी चालक कठायत र श्रेष्ठ साथी हुन् । श्रेष्ठको सुराकीका आधारमा कठायतले सुन–चाँदी तस्करसँंग १५ लाख रुपियाँ नगदको बार्गेनिङ गरेको पाइएको छ ।

त्यस्तै सुन–चाँदी तस्करको समूह बा.६च ५५११ नम्बरको गाडीसहित नक्सालस्थित एक होटलबाट निस्केर बल्खुबाट फरार भएको खबर लुकाउन तिनै चालक कठायतको मुख्य भूमिका देखिएको अनुसन्धानमा संलग्न प्रहरीले बताएको हो । उक्त रहस्यमय घटनाको अनुसन्धानका लागि जवान कठायतलाई प्रहरीले हिरासतमा लिएको छ ।

अवैध धातु ओसारपसारमा सहयोग गरेको अभियोगमा प्रहरीले दुई प्रहरी र अन्य पाँच जना गरी सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जवानद्वय बहादुर कठायत र प्रशन्न श्रेष्ठ, उमेश श्रेष्ठ, ट्याक्सी चालक सन्दीप गुरुङ, तस्करीमा संलग्न भारतीय नागरिक देवान पटेल, विजय पटेल र निलेश सखिया छन् ।
उनीहरूसँगै तस्करी तथा ओसारपसारमा संलग्न गाडी बरामद भएको छ । बरामद गाडी बाराका इल्ताफ हुसेन अन्सारीको नाममा दर्ता रहेको पाइएको छ । अन्सारी यसअघि नक्कली भारतीय नोट कारोबार मुद्दामा जेल सजाय पाएर छुटेका व्यक्ति हुन् ।

फरार अभियुक्त अन्सारी र युनुष अन्सारीका नातेदार रहेको दाबी प्रहरीको छ । सुन–चाँदी तस्करी घटनामा युनुसको भूमिका भने स्पष्ट हुन सकेको छैन । प्रहरी प्रधान कार्यालयले कारबाही स्वरूप दरबारमार्ग वृत्त प्रमुख रञ्जनकुमार दाहाललाई परिवर्तन गरेको छ ।, गोरखापत्रबाट