२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकप्रियतावादका नाममा भइरहेका गलत क्रियाकलापप्रति सचेत हुनुपर्छः महासचिव पोखरेल



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले लोकप्रियतावाद नाममा हाल भइरहेका गलत क्रियाकलापप्रति सचेत हुनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय अपाङ्गता सङ्गठन नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले लोकप्रियताको आवरणमा समाजलाई पछाडि धकेल्ने उद्देश्य रहेकाले यस्ता क्रियाकलापबारे सचेत हुनुपर्ने धारणा राख्नुभयो ।

हाल राजावादीका नाममा गर्न खोजिएका गतिविधिलाई मुलुक अँध्यारोतिर लैजाने कोसिसका रूपमा चित्रण गर्दै महासचिव पोखरेलले ती कोसिस सफल हुन नसकेको बताउनुभयो । उहाँले मुलुकलाई सामाजिक अराजकताबाट सामान्य अवस्थामा फर्काउन सहयोगका लागि सबैलाई आग्रह गर्नुभयो ।

नीतिगत रूपमा सरकारको स्थायित्वमा चुनौती रहेको भन्दै महासचिव पोखरेलले एउटा नीति र एउटा योजनामा लगातार काम गर्न पाउँदा मात्र मुलुकले छिटो प्रगति गर्ने बताउनुभयो । अस्थिरताका कारणले देश बन्न नसकेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “देश बनाउने हो भने अब मुलुकको राजनीतिक स्थायित्वका लागि बलियो राष्ट्रिय शक्ति हुनुपर्दछ ।

अब बलियो राष्ट्रिय शक्तिले मुलुकको शासन गर्नुपर्दछ ।” महासचिव पोखरेलले त्यही मान्यताका साथ हाल जनताले मन पराएका दुई ठूला दल एमाले र नेपाली कांग्रेस मिलेर सरकार सञ्चालन भइरहेको बताउनुभयो ।

आधुनिक प्रविधि र ज्ञानका माध्यमबाट अपाङ्गता क्षेत्रलाई जोड्न जरुरी रहेको भन्दै उहाँले राज्यले वैकल्पिक सीपलाई समेट्न नीति ल्याइरहेको र अब बन्ने शिक्षा ऐनमा त्यसलाई समेटिने बताउनुभयो ।  सङ्गठनका अध्यक्ष मित्रलाल शर्माले पार्टीले अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।रासस